भाजपा अध्यक्षमा सिंह

नयाँदिल्ली : भारतीय जनता पार्टी (भाजपा)को अध्यक्ष पदमा राजनाथ सिंह निर्वाचित भएका छन् । भारतको प्रमुख प्रतिपक्षी भाजपाको अध्यक्ष पद यसअघि नितिन गड्कारीले सम्हालेका थिए । अध्यक्ष पद दोस्रो पदावधि सम्हाल्न गडकारीले अस्वीकार गरेपछि नेता सिंह सो पदमा निर्वाचित भएका हुन् । गड्कारीमाथि भ्रष्टाचारको आरोपका केही समाचार हालैका दिनमा बाहिर आएपछि उनले पदबाट बाहिरिने विचार बनाएको बताइएको छ । (सिन्ह्वा)

प्रतिक्रिया