अध्यागमनका कर्मचारीको अर्को ‘बदमासी’

काठमाडौं : घुस र बलात्कारका घटनाका कारण विवादमा मुछिएको अध्यागमन विभागमा अर्को काण्ड मच्चिएको छ । नक्कली स्टिकर टाँसिएको राहदानीमा अध्यागमनका कर्मचारीले बहिर्गमनका लागि अनुमति दिएपछि विभाग विवादमा मुछिएको छ ।
त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारीले वैदेशिक रोजगारका लागि कतारको दोहा जान लागेका ११ कामदारको राहदानीमा बहिर्गन अनुमतिसहितको छाप लगाइदिएका थिए । ११ जनाकै राहदानीमा टाासिएको स्टिकर नक्कली रहेको खुलेपछि उनीहरूलाई सोमबार जहाजबाटै प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरू ओमन एयरलाइन्सको जहाजमा चढिसकेका थिए । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी देवेन्द्र सुवेदीले राहदानीमा नक्कली स्टिकर टाासिएको सूचना आएपछि उनीहरूलाई पक्राउ गरिएको बताए । भने, ‘हामीले उनीहरूलाई पक्राउ गरेका छौँ, अनुसन्धान जारी छ ।’
कामदारको राहदानीमा श्रम मन्त्रालयमार्फत नेपाल सरकारको स्टिकर टाासिएको हुन्छ । ‘स्टिकर नक्कली हो या होइन त्यसको जााच गर्ने काम अध्यागमनको हो तर कर्मचारीले त्यसको परीक्षण नै नगरी राहदानीमा छाप लगाएको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘यस घटनामा नक्क्ली स्टिकर कारोबार गर्ने गिरोहको जति संलग्नता छ, त्यति नै अध्यागमनका कर्मचारी पनि दोषी छन् ।’
पक्राउ परेका सबै मेनपावरबाट नभई कलिङ भिसाका आधारमा दोहा जान लागेका थिए । स्रोतका अनुसार कर्मचारीले छाप लगाउनुअघि नै राहदानीमा टाासिएको स्टिकर नक्कली रहेको थाहा पाएका थिए । ‘कर्मचारीले स्टिकर नक्कली रहेको थाहा पाएलगत्तै बार्गेनिङ सुरु भयो, अर्को स्टिकर मिलाइदिने भन्दै प्रतिस्टिकरको पााच हजार रुपियाा माग भयो तर दिन नमानेपछि भटाभट राहदानीमा छाप हानियो, फसोस भन्ने उद्देश्यले जहाज चढ्ने बेला मात्रै उनीहरूले प्रहरीलाई खबर गरे,’ स्रोतले भन्यो । (सौस)

प्रतिक्रिया