क्रान्तिका लागि बस्तुस्थिति कमजोर

maobadi flagकाठमाडौं, ३ माघ । नेकपा–माओवादीले विभिन्न राजनीतिक परिवेशले गर्दा नेपाल अद्र्धसामन्ती तथा नवऔपनिवेशिक मुलुकमा रहेको विश्लेषण गरेको जनाएको छ ।
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनका निर्णय बारेमा जानकारी दिँदै नेकपा–माओवादीले सो विश्लेषण रहेको जनाएको हो । पत्रकार सम्मेलनमा विपरित विज्ञप्तिमा भनिएको छ, ‘भारतीय विस्तारवादद्वारा निर्देशित तथा परिचालित दलाल, नोकरशाही तथा सामन्त वर्ग र आम जनसमुदायका बीच प्रधान अन्तर्विरोध रहेको निष्कर्ष निकालिएको छ ।’
देशमा क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएपनि आत्मगत् परिस्थिति अझै कमजोर रहेको जनाएको नेकपा–माओवादीले नयाँ जनवादी क्रान्तिको आत्मगत तयारीका कामहरुलाई अत्यन्तै सचेत र योजनाबद्ध रुपमा अगाडि बढाउनु पर्ने नीति पारित गरेको जनाएको छ ।
वर्तमान संक्रमणकालीन स्थितिको विशेषतामाथि ध्यानदिंदै जनताको संघीय गणतन्त्र, राष्ट्रिय स्वाधीनता, जनताको संविधान र राष्ट्रिय संयुक्त सरकारका लागि सशक्त जनप्रतिरोध संघर्षको कार्यनीति पारित गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ कार्यसमिति
यसैबीच, नेकपा–माओवादीले मोहन वैद्यको नेतृत्वमा ५१ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको जनाएको छ । ५१ सदस्यमा आठ सदस्यपछि मनोनयन गरिने छ ।
केन्द्रीय सदस्यमा सिपी गजुरेल, रामबहादुर थापा, देव गुरुङ, नेत्रवित्रलम चन्द, हरिभक्त कँडेल, पम्फा भुसाल, हितमान शाक्य, नारायण शर्मा, कुलप्रसाद केसी, इन्द्रमोहन सिग्देल, धर्मेन्द्र बास्तोला, खड्गबहादुर बिक, इश्वरीप्रसाद दाहाल, हर्कबहादुर शाही, श्रीराम ढकाल, सन्तोष बुढामगर, मायाप्रसाद शर्मा, सुरेश आलेमगर, दिनेश शर्मा, जयपुरी घर्ती, यशोदा सुवेदी रहेका छन् ।
त्यसै गरी, अमृता थापा, सरला रेग्मी, अमा भुजेल, चन्द्रहरि सुवेदी, श्रीनाथ अधिकारी, पूर्ण घर्ती, सूर्य सुवेदी, महेन्द्र पासवान, कृष्णदेवसिंह दनुवार, पदम राई, सावित्री कुमार काफ्ले, महेश्वर दाहाल, दिलिपकुमार प्रजापति, पवनमान श्रेष्ठ, अनिल शर्मा, भरत बम, राम आचार्य, बाबुराम नेपाली, ओम पुन, इन्द्र आङ्गबोहाङ, लक्ष्मण पन्तपनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।
पदाधिकारीको चयन
त्यसै गरेर, नेकपा–माओवादीले अध्यक्षमा वैद्य, उपाध्यक्षमा सिपी गजुरेल, महासचिवमा रामबहादुर थापा, सचिवद्वयमा देव गुरुङ र नेत्रविक्रम चन्दलाई जिम्मेवारी दिएको छ । पदाधिकारीलाई नै स्थायी समितिको जिम्मेवारी पनि दिईएको छ । प्रवक्ताको जिम्मेवारी पम्फा भुसालले पुुनः पाएकी छन् ।
पोलिट ब्युरो सदस्य
यसैबीच, नेकपा–माओवादीले १३ सदस्यीय पोलिट व्युरो गठन गरेको छ । पोलिट ब्युरोमा ५ जना पदाधिकारीसहित हरिभक्त कँडेल, पम्झा भुसाल, हितमान शाक्य, नारायण शमा, कुलप्रसाद केसी, धर्मेन्द्र बास्तोला, इन्द्रमोहन सिग्देल र खड्गबहादुर बिक चयन भएका छन् ।

 
ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनको
प्रेसविज्ञप्ति

हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी—माओवादीको सातौं ऐतिहासिक राष्ट्रिय महाधिवेशन २०६९ साल पौष २५ देखि माघ २ सम्म भव्य र शानदार रुपमा सम्पन्न भएको छ । पार्टी इतिहासको २१ वर्ष पश्चात् सम्पन्न यस महाधिवेशनका विभिन्न सत्रहरुका निर्णयहरुबारे सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

उद्घाटन समारोह
‘‘नव संशोधनवाद र प्रतिकृयावादका विरुद्ध संघर्ष गरौं ∕ “जनगणतन्त्र स्थापनाको दिशामा अघि बढौं” भन्ने मुख्य नाराका साथ प्रारम्भ भएको बहु प्रतीक्षित नेकपा—माओवादीको ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह २०६९ पौष २५ गते पार्टीका अध्यक्ष क.मोहन वैद्य ‘किरण‘को अध्यक्षतामा सम्पन्न भयो । विभिन्न स्थानबाट भव्य जुलुस र ह“सिया हथौडा अंकित राता झण्डा र व्यानरहरु सहितको गगन भेदी नाराहरु लगाउ“दै काठमाडौंको टुंडिखेल खुला मंचमा केन्द्रित भएको थियो । वीसौं हजार जनताको उपस्थितिले खचाखच भरिएको खुलामंचमा आयोजित यस उद्घाटन समारोहको संचालन पार्टीका उपाध्यक्ष क. सि पी गजुरेल ‘गौरव‘ ले गर्नु भएको थियो ।
कार्यक्रमको प्रारम्भ संसासभरका कम्युनिष्टले एउटै लयमा सामूहिक रुपमा गाउने अन्तर्राष्ट्र्यि गान ‘‘उठ जाग हे भोका नांगा, संसारका दुःखी..‘‘भन्ने समूहगानबाट भयो, जसमा जन कलाकारहरुका साथमा सबै सहभागी उठेर मुट्ठी कसेर गायनमा सहभागी भएका थिए ।
यस ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनको नेकपा—माओवादीका अध्यक्ष क.मोहन वैद्य ‘किरण‘ले सात वटा पानसमा बत्ती बालेर तालीका गड्गडाहटबीच समुद्घाटन गर्नु हु“दा ठुला ७ वटा बेलुनमा टा“गिएको सातौं राष्ट्र्रिय महाधिवेशन को ब्यानर उडाउनुका साथै ७ वटा पटाका एक साथ पड्काइएको थियो ।
त्यस पछि, सबै प्रकारका उत्पीडन र भेदभावको अन्त्य गरी नया“ विश्व निर्माण गर्ने महान उद्देश्यमा अघि बढ्ने क्रममा शहादत प्राप्त गर्नु हुने विश्व क्रान्तिका र नेपाली क्रान्तिका महान शहिदहरु प्रति सबैले उठेर एक मिनट मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
देश भित्र र विदेशबाट यस कार्यक्रममा सहभागी हुनु भएका सबैलाई स्वागत गर्दै सामना परिवारका कलाकारहरुले स्वागत गीतमा सुन्दर नृत्य समेत प्रस्तुत गरेका थिए ।
यस पछि यस ऐतिहासिक कार्यक्रममा सहभागी हुनु भएका सबैलाई केन्द्रीय महाधिवेशन आयोजक समितिका तर्फबाट पार्टीका महा सचिव क. राम बहादुर थापा ‘बादल‘ले स्वागत मन्तव्य सहित स्वागत गर्नु भएको थियो ।

यस ऐतिहासिक महाधिवेशनमा भागलिन चीन, कोरिया, कनाडा, अमेरिका, टर्की, वेलायत, इटाली, भारत आदि देशका भाइचारा र मित्र संगठनका प्रतिनिधिहरु सहभागी हुन आउनु भएको थियो । यसका साथै, यो महाधिवेशनको सफलताको लागि शुभकामना व्यक्त गर्नका लागि देश भित्रका धेरै पार्टी र संगठनहरुले आफ्नो नेतृत्व पंक्तिबाट प्रतिनिधि पठाएका थिए ।
चीन कम्युनिष्ट पार्टीका तर्फबाट यस महाधिवेशनमा भाग लिनका नेपाल स्थित महामहिम चिनिया“ राजदूत याड.्हु लान उपस्थित हुनु हुन्थ्यो । त्यसै गरी ‘कोरियाली वर्कर्स पार्टी‘को प्रतिनिधित्व गर्दै नेपाल स्थित जनवादी गणतन्त्र कोरियाका महामहिम राजदत किम योंग सू यो महाधिवेशनमा सहभागी हुनु भएको थियो ।
टर्की माक्र्सवादी—लेनिनवादी पार्टीको प्रतिनिधिका रुपमा क. लिना, भारतको भाकपा(माले) न्यु डेमोक्रेसीका केन्द्रीय समितिका तर्फबाट क वीरेन्द्र अमेरिकाका कसामा प्रोजेक्ट, यू एस् ए का तर्फबाट लियान राइट, ‘बेसिक न्युज सर्भिस, कनाडा‘का प्रतिनिधि नुमान, क्रान्तिकारी कम्युनिष्ट पार्टी, कर्नाटकका तर्फबाट आउनु भएका केन्द्रिय प्रतिनिधि क.मोहनले आफ्नो पार्टीका तर्फबाट नेपाली क्रान्ति प्रति ऐक्यबद्धता जनाउ“दै यो ऐतिहासिक महाधिवेशनको सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियोे ।
विभिन्न पार्टी र संगठनका नेताहरु यस ऐतिहासिक महाधिवेशनको सफलताकालागि शुभ कामना व्यक्त गर्न मञ्चमा उपस्थित हुनुहुन्थ्यो । यसरी शुभकामना व्यक्त गर्नेहरुमा नेकपा(माओवादी)का केन्द्रीय संयोजक क.मातृका यादव, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका क.मणि थापा, नेकपा(एकीकृत)का संयोजक क.कमल चौधरी, संयुक्त जन मोर्चाका अध्यक्ष क. चित्र बहादुर के सी, मधेशी जन अधिकार फोरम, नेपालका सचिव रत्नेश्वर कायस्थ, संघीय समाजवादी पार्टीका उपाध्यक्ष हेमराज राई, संघीय लोकतांत्रिक राष्ट्रिय मंच, संघीय लिम्वुवान राज्य परिषदका महा सचिव खगेन्द्र माखेम, नागरिक आन्दोलनका अगुवा र मानव अधिकार आन्दोलनका नेता पद्म रत्न तुलाधर, नागरिक समाजका नेता डा.सुन्दर मणि दीक्षित, वामपन्थी बुद्धिजीवी तथा नागरिक आन्दोलनका अगुवा प्रा. माणिकलाल श्रेष्ठ, देशभक्त गणतान्त्रिक अभियान, नेपालका अध्यक्ष बलराम थापा, नेपाल राष्ट्रिय एकता परिषदका अध्यक्ष सूर्य बहादुर सेन ओली हुनुहुन्थ्यो ।
आफ्नो सारगर्भित मन्तव्य प्रस्तुत गर्दै नेकपा—माओवादीका अध्यक्ष क.मोहन वैद्य ‘किरण‘ले यस ऐतिहासिक राष्ट्रिय महाधिवेशनको महत्व र पार्टीको नीतिको विशद व्याख्या गर्नु भएको थियो । कठांग्रिदो चिसोमा पनि धैर्यतापूर्वक अन्तिम सम्म सहभागी भै रहनु भएका सबैलाई धन्यवाद दिंदै अध्यक्षको आदेश अनुसार यो ऐतिहासिक उद्घाटन समारोहको विसर्जन गर्नु भएको थियो ।
अन्त्यमा, अध्यक्षको आदेशानुसार कार्यक्रमका संचालक उपाध्यक्ष क. सि पी गजुरेल ‘गौरव‘ले विगत ३० वर्षमा सबै भन्दा जाडो न्युनतम् तापक्रम —२ डिग्री से. भएको दिनको कठ्याङ्ग्रिदो जाडोमा अनेक कठिनाईका साथ महाधिवेशनको सफलताका लागि सहभागि हुनु भएका विदेशी अतिथिहरु, नेपालका राजनीतिक पार्टी र संगठन एवम् नागरिक समाजका साथै सम्पूर्ण सहभागी प्रति आभार व्यक्त गर्दै, सबैलाई आयोजक समितिका तर्फबाट हार्दिक धन्यवाद दिंदै उद्घाटन कार्यक्रम समाप्त भएको घोषणा गर्नु भएको थियो ।

प्रज्ञाभवनमा बन्द सत्र
०६९ पौष २६ गते कमलादीस्थित प्रज्ञा भवनमा बन्द सत्र प्रारम्भ भयो । प्रारम्भमा पार्टीका महासचिव क. रामबहादुर थापा ‘बादल‘ले बन्द सत्र संचालनका लागि पिबिएम क. हितमान शाक्य ‘सुमन’, सिसिएम क.जयपुरी घर्ती ‘नमुना’, केन्द्रीय सल्लाहकार सचिव क. तिलक परियार, आमन्त्रित केन्द्रीय सदस्य क. इन्द्र आङ्गबोहाङ ‘मौसम’ र जातीय तथा क्षेत्रीय विशेष राज्य सचिव क. शिवराम यादव रहनुभएको अध्यक्ष मण्डलको प्रस्ताव हाउसमा प्रस्तुत गर्नुभयो र सो प्रस्ताव करतलध्वनिकासाथ पारित गरियो । यस पश्चात नेकपा—माओवादीका नेवाः राज्य समितिका सदस्य एवम् होटल मजदुर संगठनका केन्द्रीय सदस्य क.किसन वस्नेतको मोटर साइकल दुर्घटनामा भएको दुःखद निधन र केन्द्रीय सल्लाहकार कुन्ता शर्माकी आमाको दुःखद निधन भएकोमा समवेदना र भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
पार्टीका अध्यक्ष क.किरणले ‘‘राजनीतिक प्रतिवेदन‘‘ र ‘‘नया“ जनवादी क्रान्तिको कार्यक्रम सम्वन्धी राजनीतिक प्रस्ताव‘‘को मस्यौदा तथा पार्टीका सचिव क.देव प्रसाद गुरुङले विधानको मस्यौदा वहश छलफलका लागि हाउस समक्ष प्रस्तुत गर्नुभयो । अध्यक्ष मण्डलले महाधिवेशनमा समुपस्थित प्रतिनिधि र पर्यवेक्षकहरु सामेल गराएर दस्तावेज माथि व्यवस्थित छलफलका लागि २१ वटा समूह गठन गरिएको कुरा जानकारी गराइयो । समूहको छलफलका लागि अध्यक्ष मण्डलले एक दिनको समय छुट्ट्याएको थियो ।
२०६९ पौष २८ गते पुनः प्रारम्भ क.सुमनको उद्घोषणबाट भयो । अधिकांस ग्रुपबाट एकजना र केही ग्रुपबाट दुईजना ग्रुप लिडरहरुले तोकिएको समय १२ मिनट भित्र तीनैवटा मस्यौदा दस्तावेजका विषयमा ग्रुपका विचार बडो तर्कपूर्ण र विचारोत्तेजक ढंगबाट क्रमशः प्रस्तुत गर्नु भएको थियो । वीच वीचमा विभिन्न भाइचारा पार्टी र संगठनबाट प्राप्त शुभकामनाहरु पढेर सुनाइएको थियो, जसलाई हाउसले करतलध्वनिका साथ स्वागत गरेको थियो । आफैं उपस्थित भएर शुभकामना दिनेहरुमा ‘‘माओवादी पार्टी, इटाली‘‘९एऋः,क्ष्तबथि० का क.प्लावलो र ‘‘क्रान्तिकारी कम्युनिष्ट पार्टी, अमेरिका‘‘ ९च् ऋ ए, ग्क्ब्० का क. रोबर्ट हुनुहुन्थ्यो । वहा“हरुले नेपाली क्रान्ती प्रति विश्वासघात गर्ने प्रचण्ड र बाबुराम मण्डलीबाट सम्वन्ध विच्छेद गरेर क्रान्तिकारीबाटोलाई निरन्तरता दिने ने क पा—माओवादी पार्टी प्रति आफ्नो पार्टीको समर्थन र ऐक्यवद्धता जाहेर गर्दै यो ऐतिहासिक महाधिवेशनको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनका पुराना पिंढीका नेता र नेकपा—माओवादीका केन्द्रीय सल्लाहकार क.खुवीराम आचार्यले अस्वस्थताका कारण उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्दै महाधिवेशनको सफलताको लागि शुभकामना पत्र पठाउनु भएको थियो । महाधिवेशनमा सबै भन्दा बृद्ध प्रतिनिधि १०० वर्षीय क.जनमेजय उपाध्यायले आफैं उपस्थित भएर शुभकामना व्यक्त गर्नु भएको थियो ।
यसै सत्रमा सेती–महाकाली राज्यका सदस्य क रुप बहादुर, जिल्ला कमिटी सदस्य क.इन्द्र बहादुर परियार, पार्टी सदस्य क.रंगी रावल लगायत ३१ जनाको बस दुर्घटनामा निधन भएकोमा पार्टीका तर्फबाट जारी शोक वक्तव्य पढेर सुनाइएको थियो ।
२०६९ पौष २९ गतेको सत्रको प्रारम्भमा नेकपा—माओवादीका कोचिला राज्यका क. लव प्रधानले पूर्ण साइजको आफैंले तयार पार्नुभएको माक्र्स, एंगेल्स, लेनिन, स्तालिन र माओका चित्र अध्यक्ष क. किरणलाई प्रस्तुत गर्नु भएको थियो ।
त्यसपछि प्रस्तुत दस्तावेजहरुबारे केन्द्रीय उपाध्यक्ष क.गौरव, सचिव क. विप्लव र महासचिव क. बादलले आफ्ना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सम्बन्धी राजनीतिक प्रस्ताव र प्रतिवेदनका विषयमा आफ्ना विचार र विधान सम्वन्धी उठेका प्रश्नहरुको स्पष्टिकरण सहित क देव गुरुङले आफ्नो मन्तव्य प्रस्तुत गर्नु भयो । त्यसपछि अध्यक्ष क किरणले राजनीतिक प्रतिवेदन र कार्यक्रम सम्वन्धी राजनृीतिक प्रस्तावमा उठेका प्रश्नहरु, जिज्ञासाहरुको जवाफ दिनु भयो । त्यस पछि अध्यक्ष मण्डलले उक्त दुबै दस्तावेज हाउसमा अनुमोदनका लागि प्रस्तुत गरियो । हाउसले करतलध्वनिका साथ सर्व सम्मतिले उक्त तीनै वटा दस्तावेजहरु पारित गरिए ।
कार्यक्रम सम्बन्धी राजनीतिक प्रस्तावमा नयाँ जनवादी क्रान्तिको राजनीतिक, आर्थिक, सांस्कृतिक, वैदेशिक लगायत आधारभूत कार्यक्रम तथा नीतिमाथि विस्तृत रुपमा प्रकाश पारिएको छ र नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद तथा साम्यवादको उद्देश्य प्राप्तिका लागि संघर्षरत रहने कुरा उल्लेख गरिएको छ ।
उक्त राजनीतिक प्रतिवेदनमा परिस्थितिको विश्लेषण, पार्टीको कार्यदिशा, कार्यनीति र कार्ययोजनाबारे निम्न विषयलाई समावेश गरिएको छ ः
– अहिले विश्व दुई धु्रवीय र बहुध्रुवीय बन्दै गएको छ । साम्राज्यवाद र उत्पीडित राष्ट्रहरुका बीचको अन्तर्विरोध नै वर्तमान विश्वमा प्रधान अन्तर्विरोध बन्न गएको छ । तसर्थ, अहिले पनि क्रान्तिै नै विश्वको मूल प्रवृति हो । क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गए पनि आत्मगत परिस्थिति कमजोर नै रहेको छ । यस स्थितिमा अन्तर्राष्ट्रिय क्षेत्रमा साम्राज्यवाद विरोधी संयुक्त मोर्चाको निर्माण गर्ने, विश्वमा समाजवादी, नयाँ जनवादी तथा राष्ट्रिय मुक्ति आन्दोलनहरुको दृढतापूर्वक समर्थन गर्ने नीति अवलम्वन गर्नु पर्ने कुरामा जोड दिइएको छ ।
– नेपाल अद्र्ध–सामन्ती, अद्र्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहिआएको मुलुक बताइएकोमा अद्र्धसामन्ती तथा नवऔपनिवेशिक मुलुक भनेर–विश्लेषण गरिएको छ ।
– दस्तावेजमा देशको राजनीतिक, आर्थिक तथा सामाजिक परिस्थितिको उल्लेख गर्दै प्रधान अन्तर्विरोधको विश्लेषण गरिएको छ । वर्तमान सन्दर्भमा भारतीय विस्तारवादद्वारा निर्देशित तथा परिचालित दलाल, नोकरशाही तथा सामन्त वर्ग र आम जनसमुदायका बीच प्रधान अन्तर्विरोध रहेको निष्कर्ष निकालिएको छ ।
– देशमा क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्कव बन्दै गएपनि आत्मगत् परिस्थिति अझै कमजोर रहेको कुरामाथि ध्यानदिंदै नयाँ जनवादी क्रान्तिको आत्मगत तयारीका कामहरुलाई अत्यन्तै सचेत र योजनाबद्ध रुपमा अगाडि बढाउनु पर्ने कुरामा जोड दिइएको छ ।
– विश्वमा र साथै नेपालमा पनि क्रान्तिका लागि दक्षिणपन्थी संशोधनवाद नै अहिलेको प्रमुख खतरा रहेको कुरा उल्लेख गरिएको छ ।
– पार्टीको विशिष्ट कार्यक्रम राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको सम्बोधन तथा समाधानसंग सम्बन्धित रहेको छ । सो कार्यक्रममा मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्रका उत्पीडित समुदायका हक हित, तथा अधिकारसंग सम्बन्धित विषयको उल्लेख गर्दै उत्पीडित जातीय पहिचान सहितको संघीयता लगायतका विषयलाई समावेश गरिएको छ ।
– वर्तमान संक्रमणकालीन स्थितिको विशेषतामाथि ध्यानदिंदै जनताको संघीय गणतन्त्र, राष्ट्रिय स्वाधीनता, जनताको संविधान र राष्ट्रिय संयुक्त सरकारका लागि सशक्त जनप्रतिरोध संघर्षको कार्यनीति पारित गरिएको छ । यसका लागि वामपन्थी, देशभक्त, गणतन्त्रवादी र संघीयता पक्षधर शक्तिहरुको नयाँ संयुक्त मोर्चा निर्माणमा जोड दिने निर्णय लिइएको छ ।
– सच्चा माक्र्सवादी–लेनिनवादी–माओवादी शक्तिहरुसित पार्टी एकताकालागि प्रयत्नशील रहने निर्णय लिइएको छ ।

नयाँ कार्यसमितिबारे
अध्यक्ष क.मोहन वैद्य‘किरण’द्वारा केन्द्रीय संगठन समितिको विघटनको प्रस्ताव राख्दै नयाँ कार्यसमितिको सीट संख्या र नामावली सम्बन्धी प्रस्ताव प्रस्तुत गरियो । सो प्रस्तावमा कुल सिट संख्या ५१ राख्ने, हाल ४३ सिट पुर्ति गर्ने र ८ सिट पछि नयाँ कार्यसमितिले मनोनित गर्ने कुरा समावेश गरिएको थियो । ४३ जनाको प्रस्ताव निम्नानुसार रहेको छ ।

-. मोहन वैद्य (किरण)
-. सिपि गजुरेल (गौरव)
-. रामबहादुर थापा (बादल)
-. देव गुरुङ
-. नेत्रवित्रलम चन्द (विप्लव)
-. हरिभक्त कँडेल (प्रतिक)
-. पम्फा भुसाल
-. हितमान शाक्य (सुमन)
-. नारायण शर्मा (कमल प्रसाद)
-. कुलप्रसाद के.सी. (सोनाम)
-. इन्द्रमोहन सिग्देल (बसन्त)
-. धर्मेन्द्र बास्तोला
-. खड्गबहादुर बि.क. (प्रकाण्ड)
-. इश्वरीप्रसाद दाहाल (असारे)
-. हर्कबहादुर शाही
-. श्रीराम ढकाल (प्रशान्त)
-. सन्तोष बुढामगर
-. मायाप्रसाद शर्मा (पारसमणी)
-. सुरेश आलेमगर
-. दिनेश शर्मा
-. जयपुरी घर्ती
-. यशोदा सुवेदी
-. अमृता थापा
-. सरला रेग्मी
-. अमा भुजेल (शिलु)
-. चन्द्रहरि सुवेदी (अटल)
-. श्रीनाथ अधिकारी (श्याम)
-. पूर्ण घर्ती (आयाम)
-. सुर्य सुवेदी (पथिक)
-. महेन्द्र पासवान
-. कृष्णदेव सिंह दनुवार
-. पदम राई
-. सावित्री कुमार काफ्ले
-. महेश्वर दाहाल
-. दिलिपकुमार प्रजापति (भिष्म)
-. पवनमान श्रेष्ठ
-. अनिल शर्मा (विरही)
-. भरत बम (रणविर)
-. राम आचार्य
-. बाबुराम नेपाली
-. ओम पुन
-. इन्द्र आङ्गबोहाङ (मौसम)
-. लक्ष्मण पन्त

उक्त प्रस्तावको पक्षमा ब्यापक रुपमा छलफल भयो । छलफलमा उठेका प्रश्नहरुको बारेमा आयोजक समितिको कार्यालयको तर्फ रामबहादुर थापा (बादल) ले जवाफ दिनुभयो । तत्पश्चात उक्त प्यानेल प्रस्ताव सर्वसम्मत रुपमा १० सेकेण्डसम्म ताली बजाएर पारित गरियो ।
नयाँ कार्यसमिति निर्वाचित भैसकेपछि नयाँ कार्यसमितिको तत्काल बैठक बसी नयाँ कार्यसमितिले सर्वसम्मत रुपमा निम्न निर्णयहरु गरेको कुरा जानकारी गराइयो ।

पदाधिकारीको चयन
अध्यक्ष – क.मोहन वैद्य (किरण)
उपाध्यक्ष – क. सिपि गजुरेल
महासचिव – क.रामबहादुर थापा (बादल)
सचिव – क. देव गुरुङ
सचिव – क. नेत्रविक्रम चन्द (विप्लव)

स्थायी समितिको गठन
५ सदस्यीय पदाधिकारीहरुलाई नै स्थायी समिति गठन गरियो ।

राजनीतिक समिति पिबिको गठन
१३ सदस्यीय पिबि गठन गरियो । जसमा स्थायी समितिका ५ जना सदस्यहरुको अतिरिक्त क.हरिभक्त कँडेल प्रतिक, क. पम्झा भुसाल, क. हितमान शाक्य (सुमन), क. नारायण शर्मा (कमलप्रसाद), क. कुलप्रसाद के.सी. (सोनाम), क. धर्मेन्द्र बास्तोला, क. इन्द्रमोहन सिग्देल (बसन्त) र क. खड्गबहादुर बि.क. (प्रकाण्ड) लाई चयन गरिएको छ ।
प्रवक्तामा पिबिएम क. पम्फा भुसाललाई निश्चित गरिएको छ ।

समापन सत्रको कार्यक्रम
समापन सत्रको प्रारम्भमा नव निर्वाचित अध्यक्ष क. किरणले नवगठित केन्द्रीय समितिको तर्फबाट पार्टी र क्रान्तिका कामहरु तथा जिम्मेबारीबारे प्रतिबद्धता व्यक्त गर्दै तथा प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक, साँस्कृतिककर्मी, विदेशी तथा स्वदेशी अतिथि, सहयोगी, पत्रकार, सुरक्षाकर्मी र आर्थिक रुपमा सहयोग गर्नुहुने सम्बन्धित सबैलाई हार्दिक धन्यवाद दिंदै उक्त सत्रको अध्यक्षता गर्नुभयो । यस पश्चात् महासचिव क. बादलले कार्यक्रमको सञ्चालन गर्नुभयो ।
नव कार्यसमितिप्रति बधाई ज्ञापन गर्दै केन्द्रीय सल्लाहकार समितिका पूर्व अध्यक्ष क.कृष्णदास श्रेष्ठ, सहिद परिवार, वेपत्ता योद्धा परिवार, घाइते अपाङ्गसहित सम्पूर्ण हाउसको तर्फबाट क. तक्मा केसी र भाइचारा पार्टीहरुको तर्फबाट टर्की कम्युनिस्ट पार्टीका प्रतिनिधि क.लिनाले मन्तव्य राख्नुभयो ।
महाधिवेशनमा उपाध्यक्ष क.सिपि गजुरेलद्वारा प्रस्तुत २६ बुँदे सम–सामयिक प्रस्ताव पनि सर्वसम्मतिले पारित गरियो । समापनको अन्त्यमा अध्यक्ष क.किरणले पार्टीको तर्फबाट भाइचारा पार्टीका अतिथिहरुलाई सर्वहारा अन्तर्राष्ट्रिय ऐक्यबद्धताको चिन्ह उपहारको रुपमा प्रदान गर्नुभयो ।
अन्त्यमा गगनभेदी नाराका साथ हर्षोल्लास वातावरणमा ७ औँ महाधिवेशनको समापन गरियो । यस पश्चात निम्नानुसारका गगनभेदी नाराहरु लगाइयो ।

नाराहरु
-नेपाली नया“ जनवादी क्रान्ति, जिन्दावाद ——जिन्दावाद, जिन्दावाद ∕
– माक्र्सवाद—लेनिनवाद—माओवाद, जिन्दावाद——जिन्दावाद, जिन्दावाद ∕
– वीर शहीदहरु, लाल सलाम ——लाल सलाम, लाल सलाम ∕
– नव संशोधनवाद लगायत सबैखाले संशोधनवाद,मुर्दावाद ——मुर्दावाद, मुर्दावाद ∕
– विश्व साम्राज्यवाद तथा भारतीय विस्तारवाद मुर्दावाद——मुर्दावाद, मुर्दावाद ∕
– नव उपनिवेशवाद, मुर्दावाद ——मुर्दावाद, मुर्दावाद ∕
– राष्ट्रिय आत्मसमर्पणवाद, मुर्दावाद ——मुर्दावाद, मुर्दावाद ∕
– दलाल, नोकरशाही पू“जीवाद तथा सामन्तवाद, मुर्दावाद —मुर्दावाद, मुर्दावाद ∕
– विश्वका सम्पूर्ण मजदूर तथा उत्पीडित जन समुदायहरु, एकजुट होऔं ——एकजूट होऔं, एकजूट होऔं ∕
– ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशन, जिन्दावाद ——जिन्दावाद, जिन्दावाद ∕
– नेपाल कम्युनिष्ट पार्टी—माओवादी, जिन्दावाद ——जिन्दावाद, जिन्दावाद ∕

मिति :– २०६९ माघ ३

क. रामबहादुर थापा ‘बादल’ क. मोहन वैद्य ‘किरण’
महासचिव अध्यक्ष

समसामयिक प्रस्तावहरु

-. राज्यद्वारा हालै दैलेखमा जनयुद्धकालीन मुद्दालाई ब्यताएर दमन–धरपकड गरी थुपै्र कमरेडहरुलाई गिरफ्तार गरिएको छ । उक्त घटना शान्ति प्रकृया र बृहद् शान्ति सम्झौताको खुलेआम उल्लङ्घनको घोषणा हो । तसर्थ, उक्त युद्धकालीन मुद्दा खारेज गरी गिरफ्तार गरिएका कमरेडहरुलाई अविलम्ब रिहाई गर ∕ यसका साथै कञ्चनपुर र सिरहा लगायतका ठाउ“हरुमा पनि जनयुद्धकालीन मुद्दाहरुलाई ब्यु“त्याइरहेको छ । अतः त्यसरी मुद्दा ब्यु“त्याउने कार्यहरु अबिलम्व बन्द गर ∕
-. ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा रुपन्देहीमा प्रहरी हिरासतमा हत्या गरिएका क.शैलेन्द्र तिवारीलाई सहिद घोषणा गर र उचित सम्मान र क्षतिपूर्ति दे ∕
-. नेपाली सेनाका अधिकृत कुमार लामालाई लण्डनमा गरिएको गिरफ्तारी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हो । उनलाई तुरुन्त रिहाई गराउने व्यवस्था गर ∕ कुमार लामालाई नेपालमा नै छानबिन गरी कारवाही गर ∕
-. महिलाहरुमाथि भइरहेको उत्पीडन, अत्याचार र सबै प्रकारका हिंसाको अन्त्य गर र दोषीहरु माथि कडा कारवाही गर ∕
-. राजधानी लगायतका देशका विभिन्न भागमा सुकुम्बासीलाई हटाउने काम बन्द गर र उनीहरुको अविलम्ब बसोबासको व्यवस्था गर ।
-. विद्यमान राजनीतिक गतिरोधको निकास र जनसंविधान निर्माणका लागि ‘गोलमेच सभा‘को आयोजना गर ∕
-. कठपुतली बाबुराम भटराई सरकार राजीनामा दे ∕ वामपन्थी, देशभक्त, संघीयता पक्षधर र गणतन्त्रवादी शक्तीहरुको सरकार गठन गर ∕
-. भ्रष्टाचार, कमिशनतन्त्र र कालो बजारी अविलम्व बन्द गर ∕ दोषीउपर छानबिन गरी कारवाही गर ∕
-. युद्धकालमा वेपत्ता पारिएका नागरिकलार्ई सार्वजनिक गर र बेपत्ता पार्ने कार्यमा संलग्न दोषीहरुमाथि कारवाही गर ∕ महान् सहिदलाई सहिद घोषणा गर ∕ शहीद परिवार, वेपत्ता योद्धा परिवार तथा घाइतेहरुलाई तुरुन्त सम्मान र राहतको व्यवस्था गर ∕
-. राजनीतिक आस्थाका कारण निष्काषित कर्मचारी र शिक्षकहरुका साथै महान् जनयुद्धमा पार्टीको आह्वानमा जागिर छोडेका सेना प्रहरीलाई हालसम्मको तलब भत्ता सहित पुनर्बहाली गर ∕

-. घाइते–अपाङ्गहरुलाई उचित राहत, उपचार र रेखदेखको व्यवस्था गर ∕

-. जनयुद्धका बेला किसानलाई वितरण गरिएको जमिन फिर्ता खारेज गरी जमिनमाथि किसानको स्वामित्व कायम गर ∕
-. कथित अयोग्य र वहिर्गमनमा पारिएका जनमुक्ति सेनाका मागहरु अविलम्व पुरा गर ∕
-. सम्पूर्ण जनयुद्धकालीन मुद्दा खारेज गर ∕
-. चरम महंगी अविलम्ब नियन्त्रण गर र सुपथ मुल्यमा उपभोग्य वस्तु उपलव्ध गराउने व्यवस्था गर ∕
-. लोडसेडिङ् हटाउनका लागि तुरुन्त वैकल्पिक व्यवस्था गर ∕
-. नेपाली युवाहरुका लागि रोजगारीको अविलम्व व्यवस्था गरी युवाहरुको विदेश पलायनको स्थितिको अन्त्य गर ∕
-. कठपुतली बाबुराम भट्टराई सरकारले भारत संग गरेको ‘बिप्पा’ लगायतका राष्ट्रघाती सम्झौता खारेज गर ∕
-. अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा र अध्यागमन लगायत १५ वटा विमानस्थलको व्यवस्थापन गर्न भनी भारतीय कम्पनीलाई दिन गरिएका सहमति र सम्झौंताहरु खारेज गर ∕
-. राष्ट्रिय हीत विपरीत गरिएका अपर कर्णाली, अरुण तेस्रो, कोसी उच्च बांध सम्वन्धी सम्पूर्ण सहमति र सम्झौताहरु खारेज गर ∕ नेपालको संविधान छलेर कम्पनी कानूनको दुरुपयोग गरी माथिल्लो मस्र्याङ्ग्दी लगायतका जलश्रोत परियोजनाहरु भारतीय कम्पनीहरुलाई दिइएको अनुमति पत्र खारेज गर ∕
-. भारतीय विस्तारवादद्वारा भइरहेको सीमा अतिक्रमण बन्द गर ∕ भारतको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुद्वारा भइरहेका तमाम प्रकारका हस्तक्षेप, ज्यादती र उत्पीडन बन्द गर ∕ नेपाल भारतबीचको खुला सिमा नियन्त्रण गर ∕
-. सन् १९५० को असमान सन्धी लगायतका सम्पूर्ण असमान सन्धी सम्झौताहरु खारेज गर ∕
-. अमेरिकी साम्राज्यवादद्वारा सिरियाको सार्वभौमिकता माथि गरिएको हस्तक्षेपकारी गतिविधि बन्द गर र सिरियामा शान्ति कायम गर ।
-. संसारका विभिन्न भागमा चलेका जनवादी, राष्ट्रिय मुक्ति आन्दोलनको यो महाधिवेशन समर्थन गर्दछ ।
-. भारत, फिलिपिन्स लगायतका क्रान्तिकारीहरु र जनतामाथि भएको दमन बन्द गर ∕
-. छिमेकी मित्रराष्ट्र चीनको एक चीन नीतिको आन्तरिक मामिलामा प्रतिकूल असर पर्ने गरी कथित ‘फ्रि तिब्बत’ का नाममा नेपाली भूमिको दुरुपयोग गरी गरिने गतिविधिलाई बन्द गर ।
मिति : २०६९ माघ २
क. रामबहादुर थापा ‘बादल’ क. मोहन वैद्य ‘किरण’
महासचिव अध्यक्ष

 

प्रतिक्रिया