जलाधार क्षेत्रको जोखिम न्यूनीकरणमा कमजोरी

काठमाडौं : जलवायु परिवर्तनका कारण जलाधार क्षेत्रमा जोखिम बढे पनि न्यूनीकरणका लागि नेपालको तयारी कमजोर रहेको भन्दै सरोकारवालाले आलोचना गरेका छन् ।
जल तथा ऊर्जा आयोगद्वारा कोसी जलाधार क्षेत्रलाई आधार बनाई भइरहेको जलवायु परिवर्तनका कारण जलाधार क्षेत्रमा उत्पन्न प्रकोप र यसको व्यवस्थापन विषयक अध्ययनबारे मंगलबार आयोजित छलफलमा उनीहरूले आलोचना गरेका हुन् । जलवायु परिवर्तनका कारणले पानी संरक्षणमा समस्या भइरहेको भन्दै उनीहरूले त्यसका लागि सरकारले ठोस अध्यन र कार्ययोजना बनाउन नसकेको बताए । उनीहरूले जोखिम बढदै जाँदा जनधनको क्षतिसँगै कृषि तथा वातावरणीय प्रणालीमा समेत नकारात्मक प्रभाव बढेको, पानीको बहाव घट्न थालेको, जलाधार क्षेत्रमा बढेको प्रकोप व्यवस्थापनमा सरकारी तयारी र कार्ययोजना कमजोर रहेको भन्दै यसबारे सरकार तुरुन्त गम्भीर हुनुपर्ने बताए ।

प्रतिक्रिया