तालिवानीका नेता मुल्लाहको मृत्यु

मिरान्साह : पाकिस्तानमा रहेका तालिवानीका नेता मुल्लाह नाजिरको बुधबार पाकिस्तानमा भएको हवाई आक्रमणका क्रममा मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी वजिरिस्तानमा बिहीबार अमेरिकी सेनाले गरेको हवाई आक्रमणका क्रममा उनको मृत्यु भएको हो । मुल्लाहले पाकिस्तानको उत्तरपश्चिमी जातीय इलाकामा रहेका तालिवानीको नेतृत्व गर्दै आएका थिए । उनले अफगानिस्तान नेटोविरुद्ध लड्न पाकिस्तानबाट आफ्ना लडाकुलाई त्यसतर्फ पठाउने गरेका थिए ।
दक्षिणी वजिरिस्तानमा रहेका अलकायदा, तालिवानीका साथै अन्य चरमपन्थी समूहको नेतृत्व पनि उनले गर्दै आएका थिए । दक्षिणी वजिरिस्तानमा भएको हवाई हमलाका क्रममा कमान्डर मुल्लाहसहित पाँचको मृत्यु भएको हो ।
अमेरिकी सैनिकको मानवरहित विमान(ड्रोन)ले आक्रमण गर्दा उनीहरूको ज्यान गएको पाकिस्तानी अधिकारीहरूले जनाएका छन् । मुल्लाहको सवारी साधनलाई लक्ष्यगरी आक्रमण गरिएको थियो । यस विषयमा तालिवानी एवं अल कायदाका तर्फबाट भने केही प्रतिक्रिया आएको छैन । (एएफपी)

प्रतिक्रिया