पूर्वडिएफओसहित २२ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १८ पुस । अनियमित रूपमा वन पँmडानी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय सिरहाका तत्कालीन प्रमुख शेखरकुमार यादवसहित २२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ ।

अख्तियारले जिल्ला वन कार्यालयका तत्कालीन प्रमुख यादवसहित २२ जनाले व्यक्तिगत लाभ लिन करोडौँ रकमबराबरको जंगल पँmडानी गरेको ठहर गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । एक करोड दुई लाख ९६ हजार आठ सय ४५ बिगो तथा त्यति नै जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका सहप्रवक्ता केशव घिमिरेले बताए ।
यादवसहित २२ कर्मचारीको मिलेमतोमा प्रमाणीपुर गाविसको अरनीडाँडास्थित चुरे शृृंखलाको वन पँmडानी गरी करोडौँ रकमबराबरको वन नष्ट गरेको अभियोगमा उल्लेख छ । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा एक करोड दुई लाख ९६ हजार आठ सय ४५ बराबरको वन पँmडानी गरेको दाबीसहित त्यति नै मात्रामा जरिवानाको माग गरिएको छ ।
तत्कालीन जिल्ला वन अधिकृत यादवले गैरकानुनी रूपमा चुरे शृंखलाको वन क्षेत्र कटान गर्न आदेश दिएको, उनीलगायत २२ कर्मचारीले आर्थिक चलखेल गरी वन पँmडानी गरेको ठहरपछि अख्तियारले उनीहरुविरुद्ध मुद्दा चलाएको हो ।

प्रतिक्रिया