गीर्वाणीको आसु

काठमाडौं, १८ पुस । नारायणहिटी दरबारभित्र नरसंहार हुँदा उनी मात्र तीन वर्षकी थिइन् । सायद आफ्नी आमाको धमिलो छवि मात्र उनको मानसपटलमा छ ।

१४ वर्षीया गीर्वाणी शाह आमाको त्यही धमिलो छवि मन मस्तिष्कमा लिएर गत शनिबार नेपाल आर्ट काउन्सिल पुगिन् । काउन्सिलमा आयोजित पूर्वराजपरिवारको तस्बिर प्रदर्शनी हेर्न बाबु गोरखशमशेरसित गएकी उनले सबै तस्बिरहरू हेर्न भने सकिनन् । आमाको तस्बिर हेर्दाहेर्दै भक्कानिएर रोइन् ।
तत्कालीन शाही चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठले ‘स्वर्गीय श्री ५ वीरेन्द्रको सम्झना मेरा तस्बिरहरूमा’ शीर्षकमा आफूले खिचेका राजपरिवारका तस्बिर प्रदर्शनीमा राखेका थिए । गत पुस १२ गतेदेखि आयोजित प्रदर्शनी हेर्न गीर्वाणी आफ्ना बाबुका साथ पुस १३ गते पुगेकी थिइन् ।
आफ्ना मावली परिवारका फोटो हेर्दै जाँदा भावुक हुन पुगेकी गीर्वाणी आमा श्रुतिको फोटो देख्नेबित्तिकै भक्कानिएर रोएको प्रदर्शनीकी संयोजक राज्यलक्ष्मी शाक्यले बताइन् । गीर्वाणी रोइरहँदा उनका बाबु गोरखशमशेरले पनि आँसु थाम्न सकेका थिएनन् । ‘त्यतिबेला प्रदर्शनी हेर्न आएका अन्य दर्शक पनि भावुक बने,’ शाक्यले सौर्यसँग भनिन् ।
श्रुतिका श्रीमान् गोरख र छोरी गीर्वाणी ४५ मिनेटजति प्रदर्शनीमा बसेका थिए । फोटोहरू हेर्दाहेर्दै भक्कानिएकाले उनीहरूले सबै फोटो हेर्न सकेनन् । उनीहरूले ती फोटो हेरिसकेर हरेक वर्ष प्रदर्शनीलाई प्राथमिकता दिन आग्रह गरेको कार्यक्रम संयोजक शाक्यले बताइन् । फोटो प्रदर्शनीमा पूर्वराजपरिवारका अन्य केही सदस्य प्नि आएका थिए ।
डा. खगेन्द्र स्पोर्ट फाउन्डेसनले आयोजना गरेको प्रदर्शनीमा पूर्वराजा वीरेन्द्रको बाल्यकाल हुँदै विवाह, व्रतबन्ध तथा देशविदेशमा गरेका भ्रमणदेखि देहावसानका समेत दुई सयभन्दा बढी फोटोहरू राखिएका थिए । पाँच दिनसम्म चलेको प्रदर्शनी सोमबार समापन भएको थियो । २०२२ सालदेखि संकलन गरेका फोटोहरू प्रदर्शनीमा राखेको र जसमध्ये १३ फोटो अरूबाट लिइएको श्रेष्ठले बताए । आयोजकका अनुसार करिब ५० हजार दर्शकले प्रदर्शनी अवलोकन गरेका थिए ।

यो मन मेरो कैले बुझ्ने हो
आफ्नी आमाको तस्बिर हेरेर गीर्वाणीले आँसु खसालेको फोटो सामाजिक सञ्जाल फेसबुकमा अत्यधिक चर्चित बनेको छ । अनीललाल श्रेष्ठले सबैभन्दा पहिले पोस्ट गरेको यो तस्बिरलाई सयौँले सेयर गरेका छन् । तस्बिरमा राखिएको केही घतलाग्दा प्रतिक्रियाहरू यहाँ प्रस्तुत छन् :

स्वर्गीय राजा वीरेन्द्रसम्बन्धी एउटा फोटो प्रदर्शनी अवलोकन गर्दै रोइरहेकी श्रुतिपुत्री गीर्वाणीको फोटो आज देखेँ । मन उत्पात अमिलो भो । उनको अनुहारमा मैले वीरेन्द्र र श्रुतिको आभा देखेँ । तिम्रो जय होस्, नानी ††††
शब्दचित्र डट कम
आशा गरौँ, तिमीले एक दिन ठोस सत्य थाहा पाउनेछौ र हामीले पनि । तिमी साहसी केटी हौँ, जो ठूलो वियोग बोकेर बाँचिरहेकी छौँ । भगवान्ले तिमीलाई सधैँ आशीर्वाद दिऊन् ।
सोना केसी
तिम्रो सधैँ भलो होस्, नानी ††††
अधिकारी अर्जुन
मेरी भान्जी, तिमीलाई पशुपतिनाथले आशीर्वाद दिऊन् ।
किरण केसी
बिचरा † यी नानीको दु:खको आँसुले दुस्मनको सधैँ मुटु पोलोस् ।
सीता दाहाल
उनी कति सुन्दर र निर्दोष छिन् † हाम्रा प्यारा राजासित धरै नै अनुहार मिल्छ । प्यारा राजा श्रद्धाञ्जली †

म ध्रुब
नानी † तिमी अब ठूलो भएर तिम्रो मावली र ममीलगायत त्यो हत्याकाण्डका हत्याराहरूलाई कडाभन्दा कडा सजाय दिलाउनेछौ । हामी जनता तिम्रो साथमा छौँ ।
श्याम श्रेष्ठ
यो आँसुले हत्यारालाई अवश्य पोल्नेछ
रवीन्द्र नायजू
विधाताको लेखा कहिल्यै पनि टारेर टर्दैन । जे लेखेको छ त्यो अवश्य भोग्नुपर्छ । संघर्ष नै वास्तविक जीवन हो ।
उमेश अर्याल
के सोचिरहेकी हौली ? नानी तिमी, तिम्रो पूरै वंशको फोटो हेर्दा । के भन्दै होला तिम्रो त्यो कोमल मन, त्यो पूरै इतिहास हेर्दा । कुन बैरीले चुड्यो त्यो तिम्रो संसार । कुन तालले सार्‍यो तिम्रो पाइला । यो आँसुले सराप्नेछ, त्यो इतिहासलाई जसले रच्यो यो घटना ।
फार वेस्टर्न देवकी विष्ट
यो फोटो देखेर आज म रुन मात्र सकिनँ
महेश खत्री

…………..

आसुँ मेरो कल्ले देख्ने यो मन मेरो कहिले बुझ्ने हो ।
मेरो भाग्य लुटी गयो आसुँभित्र म कति रुझ्ने हो …।

आमा, मामा सबै मारे, मामाघर त मेरो मसान जो
घर त मेरो बैगुनी हो, दिदीबैनी भारत ब–सान भो …।।

वीरेन्द्रको रगत बोकी दिदीबैनी हामी रोई बाँच्या’छौँ ।
श्रुति मेरी आमा मरिन्, सपनीमा उनलाई साँच्या’छौ…।।

मेरो जन्म भयो दरबारमा यसमा कसको दोष थियो रे ।
दैव पनि निष्ठुरी भै किन भाग्य हाम्रो लुटिलियो रे …।।

बाजेबज्यै आमामामा मार्ने यहाँ कोको होला रे ।
टुहुरी म रोई बस्छु, दुई आँखा भए खहरे खोला रे …।।
जय देश जय भाग्य †

…………

 

प्रतिक्रिया