एमाले मुर्ख बनेर बस्दैनः ज्ञवाली

काठमाडौं, १७ पुस । एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले जेठ पहिलो साता निर्वाचन गर्ने गरेर हुने वार्तामा मात्रै बस्ने बताएका छन् ।
‘जेठको पहिलो साता सम्म हुने निर्वाचनका लागि मात्रै एमालेले वार्ता गर्छ,’ उनले भने, ‘अन्यथा वार्ताको नाटकबाट बाहिरिएर आन्दोलनमा जान्छौं ।’
उनले एमाले बार्ताको म्याराथुनबाट बाहिर निस्केर अर्थहिन वार्ताको नाटकमा नबस्ने बताए । ‘वार्तामा अहिलेसम्मको सदासयतालाई हाम्रो कमजोरी ठानियो,’ उनले भने, ‘अब एमाले मुर्ख बनेर बस्दैन ।’
अलिहेकै अवस्था जेठमा समेत निर्वाचन हुन नसक्ने बताएका उनले प्रचण्डको बोली फेर्ने चरित्रका कारण मुलुक अप्ठ्यारोमा परेको बताए ।

प्रतिक्रिया