‘मूल्य र मान्यताको राजनीतिमा खडेरी’

काठमाडौं, १७ पुस । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्य, मान्यता र नैतिकताको राजनीतिमा खडेरी पर्न थालेको बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले राजनीतिमा मूल्य र नैतिकता हराउन थालेको बताए । मुलुक अत्यन्त जटिल अवस्थामा पुगेको बताएका उनले बैंकक गएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई छिटो स्वदेश फर्कन आग्रह गरे ।
उनले प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमन अनिर्वाय रहेको पनि बताए । उनले भने, ‘भट्टराई सरकार रहँदा सम्म मुलुकले निकास पाउँदैन ।’

प्रतिक्रिया