‘ब्रिकेट’ले राईको लियो ज्यान

ललितपुर, १६ पुस । ललितपुर जिल्लामा न्यानो बनाउन कोठामा बालिएको आगोले निसास्सिएर दुई जनाको मृत्यु भएको छ । निसास्सीएर चार जना घाईते भएका छन् ।
ललितपुरको मंगलबजारमा डेरा गरी बस्ने धनकुटा जिल्ला घर भएका २० बर्षीय भीमबहादुर राईको निसास्सीर आफ्नै कोठामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार राति भीमबहादुर कोठा न्यानो बनाउन बालेको ‘ब्रकेट’को धुँवाले उनको ज्यान गएको हो । उनकी १९ बर्षीया पत्नी भद्रा राई र १ महिनाका छोरा आर्य राईलाई आज विहान ८ बजे बेहोस अवस्थामा उपचारका लागि अस्पताल भर्ना गरिएको छ । भद्रा र आर्यको पाटन अस्पतालमा उपचार भईरहेको छ ।
उता, ललितपुरकै चापागाँउ–३ मा डेरा गरी बस्ने महानगरीय प्रहरी बृत्त चापगाँउमा कार्यरत प्रहरी जवान भरत खड्काका छोराको पनि निसास्सीएर मृत्यु भएको छ ।
दैलेख जिल्ला भैहेटोली–२ घर भएका प्रहरी जवान भरतले आफ्नै कोठामा फलामको कराईमा बालेको आगोबाट निस्केको धुँवाले उनका चार बर्षीय छोरा भुपेश खड्काको बेहोस भएर मृत्यु भएको थियो ।
खड्का डिउटीमा नआएपछि महानगरीय प्रहरी बृत्त चापागाँउबाट खटिएको प्रहरीले खोजतलास गर्दा आइतबार मध्य राति तीन जना बेहोस अवस्थामा फेला परेका थिए ।
प्रहरी जवान खड्का र उनकी १९ बर्षीय पत्नी शर्मिला खड्काको अवस्था सामान्य छ । बेहोस भएका खड्का दम्पतीको आज विहान २ बजे होस खुलेको छ ।

प्रतिक्रिया