उचाइले छेकेन प्रेमलाई

रियो दि जेनेरियो : हुन त गर्लफ्रेन्डभन्दा ब्वाईफ्रेन्ड अग्लो हुनुपर्छ भनेर कहीँ लेखिएको छैन । तर, पितृसत्तात्मक सोचका कारण केटीभन्दा केटा अग्लो र बलियो हुनुपर्ने मान्यता हामीकहाँ छ । तर, विश्वकी अग्ली किशोरी आफ्नो कुमभन्दा तल आउने केटासँग ब्राजिलको समुद्री तडमा मस्तसँग रमाइलो गर्दै गरेको अवस्थामा भेटिएपछि धेरैले रमाइलो मानेका छन् । १७ वर्षीय इल्सेनी क्रुज सिल्भा आफूभन्दा एक फुट चार इन्च होचो प्रेमीसँग चुम्बन साटासाट गर्दै गरेको अवस्थामा फेला परेकी हुन् ।
६ फुट ८ इन्च अग्ली इल्सेनीका प्रेमी फ्रान्सिनाल्डो डा सिल्भा काभाल्होको उचाइ चार फिट मात्रै छ । तैपनि, २२ वर्षीय फ्रान्सिनाल्डो प्रेमिकाबाट ज्यादै खुसी छन् । ब्राजिलको सालिनोपोलीस स्थायी घर भएकी इल्सेनीको पियुस ग्रन्थीमा ऐँजेरु पलाएका कारण उनको उचाइ अस्वभाविक रूपमा अग्लो भएको हो । मानिसको शारीरिक विकासलाई प्रभावित गर्ने उक्त ग्रन्थीबाट डाक्टरले एँेजेरु हटाउनुपूर्वनै उनको उचाइ औसत महिलाको भन्दा निक्कै बढी भइसकेको छ ।
मोडेलसमेत रहेकी इल्सेनीले प्रेमीको तारिफ गर्दै भनिन्, ‘उसको व्यक्तित्वबाट हो, म कायल भएको । मसहित अरू मान्छेसँग उसले गर्न व्यवहार मलाई भव्य लाग्छ ।’ आफूहरूको जोडी भगवान्ले जुराइदिएको विश्वास गर्ने उनी प्रेमीसँग हात समाएर हिँड्दा भने अप्ठेरो महसुुस हुने गरेको बताउँछन् । ‘त्यतिबेला उनी मेरो भाइ अथवा छोरोजस्तो देखिन्छन्,’ खिन्न हुँदै उनले भनिन् । प्रेमी काभाल्हो पनि प्रेमिकासँग मख्ख छन् । ‘अग्ली भएर के भयो
त † उनी असाध्यै राम्री छिन्, उनको अनुहार हेरिरहुँजस्तो छ । अरूले हामीहरूको कुरा काटे काटुन तर मलाई यसको कुनै पर्वाह छैन,’ काभाल्होको भनाइ छ । (डेलिमेल)

प्रतिक्रिया