गठबन्धन पुनःस्थापनाका पक्षमा

काठमाडौं, १० पुस । संघीय लोकतान्त्रिक गणतन्त्रिक गठन्धनले विघठित संविधानसभा पुनःस्थापनामा चासो देखाएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बसेको गठबन्धनको सचिवालय बैठकले संविधानसभा पुनःस्थापनका लागि छलफल चलाउने निर्णय गरेको छ । त्यसका लागि बुधबार पुनः परामर्श गर्ने एक सदस्यले जानकारी दिए ।
संविधान सभा पुनःस्थापनको विषय सेलाई सकेका बेला पुनः गठबन्धनले त्यसलाई उठाउने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईकै वर्तमान सरकाराई निरन्तरता दिने निर्णय गरेको छ । ‘वर्तमान सरकारलाई नै राष्ट्रिय सरकार बनाउने निर्णय भएको छ,’ एक सदस्यले भने, ‘पहिलो विकल्प वर्तमान सरकरालाई नै छ ।’
वर्तमान सरकारलाई सहमतीय सरकार बनाउन नसके नसके गठबन्धनबाटै प्रधानमन्त्रीको विकल्प खोजीने पनि निर्णयमा उल्लेख छ । ‘त्यो पनि नभए स्वतन्त्र व्यक्तिलाई दिन पहल गर्ने छौं,’ गठबन्धको निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया