पुरुष किन स्तन मन पराउँछन् ?

नारी–पुरुषबीचको लिंगीय आकर्षण सामान्य हो । कतिपय अवस्थामा शारीरिक आकर्षणले पनि मायाको जग बसाइरहेको हुन्छ । तपाईंलाई नारीको सबैभन्दा मन पर्ने अंग कुन हो ? यो प्रश्नको उत्तरमा सबै पुरुषका आआफ्ना च्वाइस होलान् । थुप्रैको उत्तरचाहिँ यस्तो पनि हुन्छ, ‘मलाई स्तन सबैभन्दा मन पर्छ ।’ कतिपय अनुसन्धानले सबैभन्दा बढी पुरुषले नारीका अरू अंगका तुलनामा स्तन नै मनपराउने गरेको पनि प्रस्ट्याएका छन् । स्तन नै बढी किन मन पराउँछन् त पुरुष ? यसको सन्तोषजनक कारण भने मनोचिकित्सक एवं वैज्ञानिकले दिन सकिरहेका थिएनन् । हालै एक स्नायुविशेषज्ञले भने आफूले पुरुषले महिलाका स्तन मन पराउने तथ्यको सामाजिक कारण पत्ता लगाएको दाबी गरेका छन् ।
अमेरिकाको जर्जियास्थित एमरो विश्वविद्यालयका स्नायुविद् प्रा. लैरी योङले लामो अध्ययनबाट यो तथ्य पत्ता लगाएको बताएका छन् । उनका अनुसार पुरुषहरू जन्मँदैदेखि आमाको स्तनसँग नजिकिन्छन् । प्राकृतिक रूपमै सुरु भएको यो आकर्षण यौवनावस्थामा चाहिँ समान बैँसका अन्य युवतीतिर सर्छ । ‘आमाले स्तनपान गराउँदादेखि नै ‘लभ ड्रग्स’ का रूपमा बालकमा स्तनप्रतिको आकर्षण बढ्ने भएकाले यसलाई प्राकृतिक मान्नुपर्छ,’ लामो समयदेखिको अध्ययनप्रतिवेदनमा उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया