दाहालद्वारा नेपाल र सिटौलासँग परामर्श

काठमाडौं, २ पुस । राजनीतिक गतिरोध अन्त्य र सहमतिको प्रयास स्वरुप एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले र कांग्रेसका नेतासँग परामर्श गरेका छन् ।
दाहाल निवास लाजिम्पाटमा आज भएको छलफलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासँग परामर्श गरेको बुझिएको छ । छलफलका बारेमा नेताहरुले केही बताएका छैनन् ।
संविधानसभाको नयाँ निर्वाचन, ऐन नियम संशोधन, संवैधानिक निकायका पदाधिकारी नियुक्ति, आयोगहरु गठनलगायतमा प्याकेजमै छलफल भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया