दुई अफगान प्रहरीको मृत्यु

हेरात : अफगानिस्तानको राजधानी काबुलदेखि ६ सय ४० किलोमिटर पश्चिममा पर्ने हेरात सहरमा अज्ञात बन्दुकधारीको आक्रमणबाट दुई प्रहरीको मृत्यु भएको समाचार छ । आक्रमणमा परी अर्का एका प्रहरी घाइते भएको प्रहरी प्रवक्ता अब्दुल राउफ अहमदीले बताए ।
बिहानको व्यस्त समयमा कार चलाएर आएका एक हतियारधारीले वरिष्ठ प्रहरी अधिकारीको सवारीसाधनलाई लक्ष्यगरी आक्रमण गरेको अहमदीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए ।
आक्रमणबाट वरिष्ठ प्रहरी अधिकारी भाग्न सफल भएको बताइएको छ । हालसम्म आक्रमणको कुनै पनि समूहले जिम्मा नलिएको बताइएको छ । (सिन्ह्वा)

प्रतिक्रिया