एक सय बोरा गुट्खा बरामद

सिराहा, २६ मंसिर । सिराहा जिल्लामा प्रहरीले राजश्व छली गरेर ल्याएको एकसय बोरा खुट्खा बरामद गरेको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको मिर्चैया–३ मा ना.४ ख ५७१२ नम्बरको ट्रकमा खानतलासी गर्दा प्रहरीले करिव एक सय बोरा खट्खा बरामद गरेको हो । खुट्खा बोकेको ट्रकका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिलमा छाप नलगाई राजश्व छली गरी ल्याएको अन्दाजी १० लाख बराबरको गुट्खा फेला पारे पछि प्रहरीले कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया