पति छाडेका महिला आन्दोलनमा

बाँके, २६ मंसिर । बाँके जिल्लाका मुस्लिम समुदायका तलाकी (पारपाचुके गरेका) महिलाहरू आन्दोलित भएका छन् ।
उनीहरुले सरकारले तलाकी महिलाका लागि विशेष सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका हुन् ।
सरकारलाई दबाब दिन उनीहरू स्थानीय निकायअन्तर्गत जिल्लाको परसपुर गाविसलाई विभिन्न सातबुँदे मागसहितको ज्ञापनपत्रसमेत बुुझाए ।
तलाकी महिलालाई अपाङ्ग र एकलसरह भत्ता दिइनुपर्ने, आफ्ना बालबालिकाका लागि छुट्टै उच्च शिक्षाको कोटाको व्यवस्था गर्नुपर्ने, तलाकी महिलालाई सामाजिक तथा आर्थिकरूपले सबल बनाइ क्षमताका आधारमा रोजगारी दिनुपर्नेलगायत विभिन्न सातवटा माग अघि सारेका छन् ।

प्रतिक्रिया