सुत्केरीको मृत्यु पछि प्रसुती गृहमा तनाव

काठमाडौं, २६ मंसिर । चिकित्सकहरुको लापर्वाहीका कारण सुत्केरीको मृत्यु भएको आरोपमा आफन्तले प्रसुती गृह थापाथलीमा विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौंको थापाथलीस्थित प्रसुती गृहमा सुत्केरी गराउने क्रममा धादिङकी २१ वर्षीया गोमा कुँवरको मृत्यु भए पछि आफन्त विरोधमा उत्रिएका हुन् । उनीहरुले सुत्केरीको गाम्भीर्यतानै नबुझेर शल्यक्रिया गरेको आरोप लगाए ।
उनलाई धादिङको मार्पाक–५, माथिल्लो राम्चेबाट सुत्केरी गराउन प्रसुती गृह ल्याएको आफन्तले जनाए ।
प्रसुती गृहमा गोमाको शुल्यक्रिया पछि चिकित्सकहरुले काठमाडौं मोडेल कलेज सिनामंगलमा थप उपचारका लागि भन्दै पठाई दिएका थिए । गोमालाई सिनामंगल पुराए लगत्तै मृत्यु भएको थियो ।
काठमाडौं मेडिकल कलेजका अनुसार गोमको स्वास्थ्यस्थितीका बारेमा गम्भीर जानकारी नलिएरै शल्यक्रिया गरेको थियो ।
प्रदर्शनमा उत्रिएका आफन्तले गोमाबाट जन्मीएको शिशुको लालनपालन र शिक्षादीक्षाको जिम्मेवारी अस्पतालले लिनुपर्ने माग गरेका छन् । प्रदर्शनसँगै प्रसुती गृह दिनभरि तनावपूर्ण बनेको छ ।

प्रतिक्रिया