दर्जनौँ कलाकर्मी सम्मानित

काठमाडौं : दर्जनौँ कलाकर्मी एकसाथ सम्मानित भएका छन् । राजधानीमा सोमबार आयोजित जुनकिरी लोकदोहोरीको उद्घाटन कार्यक्रममा कलाकर्मी सम्मानित भएका हुन् । सम्मानित हुनेमा सदाबहार अभिनेता भुवन केसी, कृष्ण मल्ल, गणेश उप्रेती, मदन दास श्रेष्ठ, तीर्थ थापा, सम्भुजित बाँस्कोटा, सुनिल थापा, डा. घनश्याम खतिवडा, राजन घिमिरे, लक्ष्मण सुवेदी, दिनेश सिटौला, दिनेश दुलाल, मनोज केसी, डिपी शाह चक्रबर्ती, एनपी सुब्बालगायत रहेका छन् । उनीहरूलाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले खादा ओढाएर सम्मान गरे ।
कार्यक्रममा बोल्दै नेता केसीले दर्जनाँै कलाकर्मीलाई सम्मान गर्न पाउँदा गर्व महसुस गरेको बताउँदै उक्त लोकदोहोरी साँझको सफलताका लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा सदाबहार नायक भुवन केसीले आफूले सात वर्षअगाडि ल्याएको लोक दोहोरीको भाका दमौलीमा गेट गायिका धनकुमारीको साथमा गाए ।
दरबारमार्गस्थित सो जुनकिरी लोकदोहोरी साँझलाई एक दशकभन्दा लामो समयदेखि लोकहोहोरी गाउँदै आएकी गायिका धनुमारी थापा सरुले सञ्चालनमा ल्याएकी हुन् । धनकुमारीका दर्जन हाराहारीमा लोकदोहारी एल्बम बजारमा आएका छन् । (सौस)

प्रतिक्रिया