भट्टराई सरकार विदेशबाट सञ्चालितः मैनाली

भक्तपुर, २४ मंसिर । नेकपा (माले)का महासचिव सिपी मैनालीले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार विदेशी शक्तिहरुबाट सञ्चालित रहेको आरोप लगाएका छन् ।
रफत संचार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा महासचिव मैनालीले वर्तमान सरकार स्वदेशी भन्दा विदेशीहरुको हितमा मात्रै काम गर्न सकृय रहेको बताए । ‘देशलाई अहित हुने सन्धीसम्झौता गर्न सजिलो होस भन्नका लागि मात्रै वर्तमान सरकारलाई विदेशी शक्तिले निरन्तरता दिन चाहन्छ,’ उनले भने ।
उनले एमाओवादी र प्रधानमन्त्री भट्टराई मुलुकलाई निकास दिन नचाहेको आरोप लगाए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा द्वन्द्व सृजना गरेर दलहरुलाई भिडाउन मात्रै सक्रिय रहेको बताए । ‘वर्तमान राजनीतिक गतिरोधको निकास आन्दोलनबाट भट्टराई सरकार हटाउने भन्दा अरु विकल्प छैन,’ उनले भने ।

प्रतिक्रिया