नेटो शिविरमा आक्रमण

कान्दाहार : तालिवानी चरमपन्थीहरूले अफगानिस्तानमा रहेको नेटो शिविरमा आइतबार भिषण आक्रमण गरेका छन् । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहार प्रान्तको जलालाबादमा रहेको शिविरमा भएको आक्रमणमा कम्तीमा ११ को मृत्यु भएको छ । आक्रमणबाट मृत्यु हुनेमा दुई सर्वसाधारण छन् । मृतकमध्ये नौ आक्रमणकारी रहेको बताइएको छ ।
आइतबार बिहान स्थानीय समयानुसार बिहान ६ बजे संयुक्त शिविरमा आत्मघाती कारबम, रकेट, ग्रिनेड, मोर्टारहरूबाट आक्रमण गरिएको थियो । आक्रमणबाट भएको क्षतीको पूर्ण विवरण भने आइसकेको छैन । आक्रमणमा परी कम्तीमा एक अफगान सैनिकको मृत्यु भएको अनुमान गरिएको छ । फेब्रुअरी २७ मा जलालाबादस्थित सैन्य शिविरमा गरिएको यस्तै आक्रमणमा एक अफगान सैनिक, दुई स्थानीय गार्ड र ६ सर्वसाधारणको मृत्यु भएको थियो । (सिन्ह्वा)

प्रतिक्रिया