‘थप समयमा पनि सरकार बन्दैन’

चितवन, १७ मंसिर । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले थप गरेको समयमा सहमतिको सरकार बन्न नसक्ने ठोकुवा गरेका छन् ।
उनले तीन दलका नेताहरु निर्वाचन र संबिधान निर्माणमा भन्दा पनि कुर्सीको खेलमा लागेको आरोप लगाए । चितवनको रत्ननगरमा आज ताम्सालिङ राष्ट्रिय दलले आयोजना गरेको अन्तरक्रियामा उनले बाबुराम भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बन्न नसक्ने पनि बताए ।
‘संबिधान सभा बिघटन गर्ने, आफैले घोषणा गरेको चुनाव गराउन नसक्ने व्यक्तिलाई पुनः प्रधानमन्त्री बनाउन सकिदैन,’ उनले भने । उनले भट्टराईको नेतृत्व दलहरुले स्वीकार नगर्ने उल्लेख गरे ।

प्रतिक्रिया