कांग्रेस नेता तामाङलाई राष्ट्रिय सम्मान


काठमाडौं, १७ मंसिर । कांग्रेस नेता स्वर्गीय भीमबहादुर तामाङको बौद्ध परम्परा अनुसार आज अन्त्यष्टि गरिएको छ ।
काठमाडौंको स्वयंभुमा तामाङलाई राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको कांग्रेसले जनाएको छ । त्यागी नेताका रुपमा पहिचान बनाएका तामाङलाई सरकारको निर्णय अनुसार राष्ट्रिय सम्मान स्वरुप सलामी दिईएको हो ।
शनिबार विहान ७८ वर्षको उमेरमा हृदयघातका कारण निधन भएका तामाङलाई कांग्रेस पार्टी कार्यालयमा राखिएको थियो ।
शव यात्रा निकाल्नु अघि कांग्रेस सभापति सुशील कोइरालाले तामाङलाई श्रद्धाञ्जली दिएका थिए । कांग्रेस पार्टी कार्यालय सानेपाबाट शव यात्रासहित तामाङलाई बौद्ध पुराईएको थियो । शव यात्रामा सैयौं शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
यस अघि, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सानेपा पुगेर नेता तामाङलाई श्रद्धाञ्जली दिए । उनले शोक पुस्तिकामा नेता तामाङको सरल र आदर्शवादी व्यक्तित्वका बारेमा लेखेका थिए । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङलगायतले पनि तामाङलाई श्रद्धाञ्जली दिए ।

प्रतिक्रिया