जसले पहिलोपटक लिंग परिवर्तन गराए

न्युयोर्क : लिंग परिवर्तन अझै पनि बहसकै विषय छ । यसलाई स्वीकार गर्ने र नगर्ने जमात विश्वभरी ठूलो छ । यसैबीच विश्वमा पहिलोपटक लिंग परिवर्तन भएको ६० वर्ष पूरा भएको छ ।
सन् १९५२ मा पहिलो पटक लिंग परिवर्तन गरिएको थियो । शल्यक्रिया र हर्माेन थेरापीमार्फत् एक अमेरिकी सैनिकको लिंग परिवर्तन गरिएको थियो । त्यतिबेलाको एक अमेरिकी अखबारले ‘पूर्व सैनिक बने सुन्दरी’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
अमेरिकी सहर न्युयोर्कका जर्ज विलियम जर्गेन्सन नाम गरेका व्यक्तिले डेनमार्गमा लिंग परिवर्तन गरेका थिए । लिंग परिवर्तन गरेर स्लिम शरीर भएकी चरिच्याट्ट परेकी युवती भएर उनी न्युयोर्क विमानस्थलमा ओर्लिदा उनलाई देख्ने सबैले चकित हँुदै जिब्रो टोकेका थिए । २७ वर्षकी कामुक युवतीको भेषमा फर्किएकी उनले लिंगसहित आफ्नो नाम पनि परिवर्तन गरेकी थिइन् – क्रिस्टिन जर्गेन्सन ।
उनी बारे सन् १९८० मा फिल्म बनाएका निर्माता टीट रिट्जाउले भने पुराना कुरा सम्झिँदै भने, ‘उनी जर्ज हुँदाताका उनी पुरुष समलिंगी जस्तो देखिन्थो । तर, उनले आफूलाई कहिल्यै समलिंगी बताएनन् । उनी आफूलाई पुरुषको शरीरमा कैद महिला मान्थे ।’
आफ्नो आत्मकथामा क्रिस्टिन (जर्ज)ले लेखेकी छिन्, ‘जर्ज भएर बाँचेका बेला म पुरुषप्रति आकर्षित हुने गर्थें । तैपनि, कुनै पुरुषले मसँग सेक्स प्रस्ताव राख्दा मलाई असाध्यै नरमाइलो लाग्ने गथ्र्यो ।’
सन् १९४० को दशकको केही अवधी उनले सैनिक सेवामा बिताए । त्यतिबेलै उनले जनावरको हार्मोनमाथि परिक्षण गरी लिंग थेरापीसम्बन्धी अनुसन्धान गर्ने डेनिस डाक्टर क्रिस्टियान हम्बर्गरबारे लेखिएको लेख पढे । त्यसपछि उनको मन थामिएन । पुरुषको शरीरमा कैद आफूलाई मुक्त गराइछाड्ने अठोट लिएर उनी डेनमार्क हिँडे । ‘त्यतिबेला म हडबडाएको थिएँ किनकी मानिसहरू मलाई पागल भन्ने गर्थे । तर, डाक्टर हम्बर्गरले मेरो शरीरमा असन्तुलन छ भन्ने महसुस गरेछन् ।’ डेनमार्क पुगेर उनले एक वर्षसम्म हार्मोन थेरापी गराए । त्यसपछि पुरुष जनेन्द्रियको ठाउँमा महिला जननेन्द्रियको विकास गराउन डाक्टरले उनको शल्यक्रिया सुरु गरे । (बिबिसी)

प्रतिक्रिया