चुरोट अब सादा बट्टामा

सिड्नी : अस्ट्रेलियामा अब सादा बट्टामा मात्रै चुरोट पाउने भएको छ । चुरोट पिउने कामलाई आकर्षक देखाउनेगरी विज्ञापन हुन नदिन तथा युवालाई धूमपानबाट टाँढा राख्न यस्ता उत्पादनलाई सादा बट्टामा राख्न लगाउने कानुन शनिबारदेखि लागू भएको छ ।
यस्तो कानुन विश्वमा पहिलोपटक अस्ट्रेलियामा लागू गर्न लागिएको हो । नयाँ नियमको विरोधमा चुरोट कम्पनीहरूले कानुनी चुनौती तेर्साए पनि उनीहरूको प्रयास असफल भएको छ । नयाँ कानुनले ट्रेडमार्कमाथि प्रतिबन्ध लगाई बौद्धिकसम्पत्तिसम्बन्धी कानुन उल्लंघन गरेको आरोप चुरोट कम्पनीहरूले छन् । (एएफपी)

प्रतिक्रिया