बसको ढोकाबाट खसेर दुई यात्रुको मृत्यु

दाङ, १६ मंसिर । दाङ जिल्लामा बसको ढोकाबाट खसेर आज दुई युवकको मृत्यु भएको छ ।
घोराही–तल्सीपुर सडकखण्ड अन्तर्गत बिजौरी–४, हेमन्तपुर चोकमा ना २ खा ९९३९ नम्वरको चल्दै गरेको बसको ढोकाबाट खसेर दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा प्युठान मरनथानाका १७ वर्षीय दीपक सुनार र सल्यान चाँदेका १६ वर्षीय उमेश विक रहेका छन् । ढोकाबाट खेसर घाईते उनीहरुको उपचारका क्रममा तल्सीपुरमा मृत्यु भएको थियो ।

प्रतिक्रिया