सहमतीय सरकारमा सहयोग गर्न आग्रह

काठमाडौं, १५ मंसिर । कांग्रेस सभापति सुशील कोइरालाले मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सहमतीय सरकारका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।
कोइराला निवास महाराजगञ्जमा आज भएको भेटबार्तामा राष्ट्रपति डा.रामवरण यादवले दोस्रो पटक दिएको समयसीमा भित्रै निकास दिनुपर्नेमा समेत दुई शीर्ष नेताबीच सहमति भएको छ ।
जवाफमा अध्यक्ष यादवले आफू सहमतीय सरकार बनाएर मुलुकलाई निकास दिने पक्षमा रहेको भन्दै सभापति कोइरालालाई सरकार बनाउन सहयोग गर्ने आश्वासन दिए । ‘सहमतिका साथ सरकार बनाई नयाँ निर्वाचन गरेर संविधान जारी गर्नुपर्छ,’ अध्यक्ष यादवले भने, ‘कांग्रेसको नेतृत्वमा बन्ने सरकारमा मेरो आपत्ति छैन ।’
दलहरुको सुझावमा राष्ट्रपति डा.यादवले बिहीबार राति दोस्रो पटक एकसाता भित्र सरकार बनाउन पुनः समय उपलब्ध गराए पछि कांग्रेस सभापति कोइरालाले परामर्श शुरु गरेका हुन् ।

प्रतिक्रिया