सहमतिमै प्रधानमन्त्री बनाउनु पर्छ

काठमाडौं, १३ मंसिर । कांग्रेस केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले केन्द्रीय कार्यसमिति बैठकले सहमतीय सरकारको नेतृत्वका लागि सभापति सुशील कोइरालाको नाम अघि सार्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल प्रस्तावक एवं समर्थक भएर सर्वसम्मतिले कोइरालाको नाममा निर्णय गर्ने बताए ।
‘पार्टीमा सभपातिको विकल्प छैन,’ उनले भने, ‘सभापति नै प्रधानमन्त्रीको उमेदवार हुने भए पछि बैठक पनि बस्नु पर्दैन ।
एमाओवादीका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बने बैद्यानिक हुने दावी गरे । उनले भट्टराईकै नेतृत्वमा सहमतीय सरकार बन्न नसके ठूलो दलको हैसियतले एमाओवादीले नेतृत्व पाउनुपर्ने दाबी गरे ।
एमाले नेता गोकर्ण विष्टले सहमतिका लागि वातावरण तयार भए सहमतिको सरकारको नेतृत्व कांग्रेस सभापति सुशील कोइरालाकै नेतृत्व स्वीकार गर्न तयार रहेको बताए ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संघीयता र मधेसको मागलाई स्वीकार गरे कांग्रेस सभापति कोइरालाको नेतृत्व मान्न तयार रहेको बताए ।

प्रतिक्रिया