थ्री–स्टारको पहिलो जित

काठमाडौं, १२ मंसिर । थ्री–स्टार क्लबले यस वर्षको लिगमा पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा थ्री–स्टारले बौद्ध फुटबल क्बललाई ४–० ले पराजित गर्‍यो । सोमबार नै भएको अर्को खेलमा यती हिमालयन शेर्पा क्लब र महेन्द्रा बाँसबारीबीच गोलरहित बराबरी भयो ।
थ्री–स्टारलाई जित दिलाउने क्रममा विजय गुरुङले दुई गोल गरे भने योगेश गुरुङ र सन्तोष साहुखलले थप गोल गरे । चौथो मिनेटमा बौद्धका गोलरक्षक रञ्जित गुरुङको अस्वाभाविक गल्तीको फाइदा उठाउँदै विजयले थ्री–स्टारलाई अग्रता दिलाए । १३औँ मिनेटमा भिक्टरको क्रसमा डाइभ हेड गर्दै योगेशले थ्री–स्टारलाई दोहोरो अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा थ्री–स्टारका लागि विजयले नै गोल गरे । विक्रम लामाको पासमा उनले सहजै गोल गरेका थिए । ७०औँ मिनेटमा विराजको क्रसमा सन्तोषले हेड गोल गरे ।
अर्को खेलमा हिमालयन शेर्पाले दिएको दबाबको बाँसबारीका गोलरक्षक हजित प्रधानले राम्रोसँग सामना गरे । तर, सबैभन्दा सहज मौका भने बाँसबारीले गुमायो । १९औँ मिनेटमा श्यामबाबु मगरले नजिकैको दूरीबाट दिएको राम्रो पासमा प्रशान्त मगरले गोल गर्न चुके । श्यामबाबुकै पासमा यबक घले गोल गर्ने अर्को राम्रो मौकाबाट चुके । हिमालयनका विंगर गणेश खड्का भने बौद्धसँगको खेलमा पनि प्रभावकारी देखिएका थिए ।

प्रतिक्रिया