दुई निकायबीच दुरी बढ्नु खतराः प्रधानमन्त्री

भैरहवा, ११ मंसिर । प्रधानमन्त्री बाबुराम भराट्टाराईले संसद नरहेको अवस्थामा प्रधानमन्त्री र राष्ट्रपतिबीच दुरी बढ्नु खतराको संकेत रहेको जनाएका छन् ।
निर्माण व्यवसायी महासंघको १५ औं साधारण सभालाई आज भैरहवामा सम्बोधन गर्दै उनले राष्ट्रपति र दलहरु मिले मात्रै मुलुका उपलब्धी बचाउन सकिने बताए । उनले आफूहरुका बीच कुनै पनि विवाद नरहेको समेत उल्लेख गरे ।
‘वर्तमान अवस्थामा संसद, संविधानसभा नभएको समयमा राष्ट्रपति र प्रधानमन्त्री निकायबीच दुरी बढ्नु खतराको संकेत हो,’ उनले भने ।
उनले राष्ट्रपति र प्रधानमन्त्रीबीच कुनै बैमन्यसस्यता नभएको पनि स्पष्ट पारे । ‘राष्ट्रपति कसैको वहावमा लाग्न हुँदैन,’ उनको थियो ।
राष्ट्रपतिको कदम असंवैधानिक भएको दोहराएका भट्टराईले भने, ‘राष्ट्रपतिले ७ दिन भित्र प्रधानमन्त्रीको नाम माग्दै समयसीमा तोकीदिनु अन्तरिम संविधानको मर्म र भावना विपरित छ ।’

प्रतिक्रिया