क्याम्पसमा नियुक्ति विवाद हुँदा झडप

झापा, ११ मंसिर । झापा जिल्लाको शिवगञ्ज बहुमुखी क्याम्पसमा कांग्रेस र एमाले समर्थकबीच झडप भएको छ ।
आफू नजिकको प्रध्यापकलाई क्याम्पस प्रमुख बनाउने विषयमा विवाद हुँदा आज बिहान कांग्रेस निकट अभिभावक र एमाले सथर्मक विद्यार्थी तथा शिक्षकबीच झडप भएको हो ।
सञ्चालक समितिले सुमन काफ्लेलाई क्याम्पस प्रमुखमा नियुक्ति गरेपछि एमाले निकटका शिक्षक र विद्यार्थीले लगाएको ताला खुलाउने क्रममा झडप भएको थियो । झडपमा धकेला–धकेल हुँदा स्थिति तनाव पूर्ण भएको थियो ।
क्याम्पस प्रमुख अरुणकुमार यादवले गत असोज–१७ गते विदा लिएपछि सञ्चालक समितिले असोज–२९ गते शिक्षक काफ्लेलाई प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो । निर्णयको एमाले निकट शिक्षक र सदस्यले विरोध गर्दै अएका छन् ।
कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिएको विरोधमा एमाले निकट शिक्षक र विद्यार्थीले क्याम्पसकमा ताला लगाएका थिए । तालाबन्दी भए पछि क्याम्पसको पठन÷पाठन ठप्प भएको छ ।
सञ्चालक समितिका अध्यक्ष पुण्यप्रसाद ढकालले सबै राजनीतिक दलको सहमतिमा विधिपूर्वक क्याम्पस प्रमुख नियुक्ति गरेको बताए ।

प्रतिक्रिया