चुरोट त्यागेनन् राष्ट्रपतिले

मनिला : फिलिपिनी राष्ट्रपति बेनिग्नो अक्विनोलाई चुरोट सेवनको लत छाड्न अस्वीकार गरेका छन् । मुलुकको चिकित्सक संघले सार्वजनिक रूपमा चुरोट त्यागी जनताबीच उदाहरणीय बन्न आग्रह गरेपछि उनले यसलाई अस्वीकार गरेका हुन् ।
चुरोट सेवनको बानीका कारण राष्ट्रपति अक्विनोले खोकिरहने गरेकाले संघले चुरोट छोड्न आग्रह गरेको राष्ट्रपतिका प्रवक्ता एडविन लासिएर्दाले जानकारी दिए । अस्ट्रेलिया तथा न्युजिल्यान्ड भ्रमणका क्रममा राष्ट्रपति अक्विनोले खोकेको देखेर संघले यस्तो आग्रह गरेको दाबी गर्दै उनले भने, ‘तर चुरोट सेवन गरेका कारण नभई फूलको परागका कारण उहाँले खोक्नु भएको थियो । ’ तनाव कम गर्न राष्ट्रपतिले चुरोट सेवन गर्ने गरेको उल्लेख गर्दै उनले सही र गलत कुरा छुट्याउने क्षमता राष्ट्रपतिसँग रहेको जनाउँदै संघलाई ब्यंग समेत गरे । (एएफपी)

प्रतिक्रिया