मकैको नया जात सिफारिस

चितवन :  चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले नयाँ जातको रामपुर हाइब्रिड–२ मकै लगाउन किसानलाई सिफारिस गरेको छ । अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा. केशवबाबु कोइरालाले तराई र भित्री मधेशका लागि उपयुक्त पाइएकाले यो मकै सिफारिस गरिएको बताए । उनले भने, ‘हाइब्रिड आरएमएल–४ र एनएमएलबीचको क्रमबाट तयार पारिएको बिउ हो ।’
पौष्टिक तत्त्वमा प्रोटिनको मात्रा ७ दशमलव ५९ प्रतिशत, कार्बोहाइड्रेटको मात्रा ७१ दशमलव ३१ प्रतिशत, चिल्लो पदार्थको मात्रा ३ दशमलव शून्य ६ प्रतिशत, रेसाको मात्रा २ दशमलव शून्य २ प्रतिशत र खनिज पदार्थको मात्रा १ दशमलव २९ प्रतिशत यो जातमा रहने कृषि वैज्ञानिकले बताएका छन् ।
कृषि वैज्ञानिक तीर्थराज रिजालले नयाँ जातको बिउ हाइब्रिडले राम्रो उत्पादन दिने भएकाले अहिले सो जातको बिउ उत्पादन गर्न लागिएको जानकारी दिए । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम प्रमुख डा. कोइरालाले मकै स्वास्थ्यका लागि राम्रो भएकाले मकै उत्पादनमा जोड दिए । रामपुरले वार्षिक रूपमा ५१ टनभन्दा बढी मकै बिउ उत्पादन गर्ने गरेको जानकारीसमेत गरेका छन्  । यसैबीच मकैबाली खेती प्रविधिसम्बन्धी बिहीबार  रामपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्ने कृषि विज्ञले उन्नतजातको मकै बिउको महत्त्व कृषकसामु पुर्‍याउनुपर्नेमा जोड दिएका दिएका छन् । (सौस)

प्रतिक्रिया