काठमाडौं, ३० कात्तिक । दिदी वहिनी र दाजु भाई नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित यमलेश्वर महादेवको मन्दिरमा गएर टीका लगाएका छन् ।
बर्षमा एक दिन आज मात्रै खुल्ने यमलेश्वर महादेवको मन्दिरमा टीका लगाउनेको घाईचो विहानै देखि लागेको छ । भाई टीकाका दिन मात्रै यमलेश्वर महादेवको मन्दिर खुल्ने गर्छ ।
रानी पोखरीको मध्यभागमा रहेको मन्दिरमा दिदी वहिनी तथा दाजु भाई नहुनेहरुले टीका लगाउने गर्छन् ।
प्रतिक्रिया