नेपालगन्ज २८ कात्तिक । बाँके र बर्दियाका बालिघरे दलित समुदालयले एनजिओ, आइएनजिओले आफूहरूको रोजीरोटी गुमाइदिएको गुनासो गरेका छन् । परम्परागत पेसालाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने नाममा एनजिओ, आइएनजिओले विभिन्न अभियान चलाएर आफूहरूको पेसा झन् संकटमा पारेको बालिघरे दलितको आरोप छ ।
बालिघरे दलितका अनुसार, एनजिओ आइएनजिओले आङ्खनो स्वार्थ पूरा गर्ने मात्र काम गरेका छन् । पुख्र्यौली रोजीरोटीसमेत गुमेको भन्दै बालिघरे दलितले विरोध जनाउन थालेका छन् । यहाँका बालिघरे दलित वर्षौंदेखि फलामका सामग्री बनाएबापत विष्ट (सेवाग्राही) बाट अन्नपात लिने गरेका छन् ।
बर्दिया बेलुवा–३ की मंगता विक पाँच वर्षअघि १५० भन्दा बढी विष्टको काम गरेर परिवार पाल्दै थिइन् । आरन पेसाबाट घरका ९ जनाको परिवार पालेकी उनी अहिले पेसा चल्न छाड्नुमा एनजिओलाई दोष दिन्छिन् । ‘अब अधिकारका लागि उठ्नुपर्ने भएको छ,’ उनले भनिन्, ‘पेसालाई आधुनिकीकरण गराउने नाममा फलामको सामान बनाउन विष्टहरू आउनै छाडे र आरन पनि बन्द भयो ।’
‘अभियानमा के के न हुन्छ भनि लागियो, अहिले आङ्खनै पेट पाल्न धौ–धौ भइरहेको छ,’ विकले भनिन्, ‘संस्थाहरूले बालिघरेलाई नामका लागि आफू भज्ने खेलले आरन बन्द हुनै लाग्यो ।’ बेलुवा–२ का जगतराम विकले पनि पहिले डेढ सयभन्दा बढी विष्टका काम गर्थे तर बालिघरे अधिकारका लागि काम गर्ने संस्थाले ज्याला निर्धारण गरेपछि सेवाग्राही आउनै छाडेको उनले बताए । अहिले उनी सस्तोमा काम खोज्दै हिँडेका छन् । बाँके र बर्दियामा बालिघरे दलितका क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्थाले चार वर्षअघि जिल्लामा बालिघरेको अन्न ज्याला र नगद ज्याला निर्धारण गरेको थियो । तर, त्यो महंगो भएको भन्दै सेवाग्राही आउन छाडेपछि दलित समुदायको पेसा संकटमा परेको छ ।
गैरसरकारी संस्थाको अभियान नाम मात्र भएका कारण व्यावहारिक नहुँदा बालिघरे दलितको पेसा संकटमा परेको हो । बालिघरे दलितका नाममा अभियानबाट आफूहरू नै मर्कामा परेपछि अहिले परम्परागत आरन, कपडा सिउने, बाजा बजाउने दलित विरोधमा उभिएका हुन् । बालिघरे अभियानका नाममा अवैज्ञानिक र सतही रूपमा ज्याला निर्धारण हुँदा विष्ट (सेवाग्राही) अन्य सस्तो र कम ज्यालामा काम गर्ने बालिघरेमा लागेका हुन् ।
कुनै समयमा बालिघरेबाटै प्रशस्त अन्न पाउने बालिघरे पेसामा अहिले चौधरीलगायत तराईका मधेसी समुदायले स्थान पाएका छन् । नौबस्ता गाविसस्तरीय बालिघरे सञ्जालका उपाध्यक्षसमेत रहेकी लोगी परियारले बालिघरे दलितमा संस्थाका कारण चेतना आए पनि बालिघरे दलितका विष्ट घटेको बताइन् । ‘पैसा हुनेले नगदी पैसामा बालिघरे काम गर्छन्, नसक्नेको पेसा लोप भएको छ,’ परियारले भनिन् ।
गैरसरकारी संस्थाले चलाउने बालिघरे अभियानमा वास्तविक बालिघरे दलितको सहभागिता नभई गैरबालिघरे बढी सहभागी भएको पाइएको छ । नेपाल कृषि मजदुर संघका केन्द्रीय सदस्य तथा पूर्वबालिघरे भक्तबहादुर विकले सुरुमा गैरसरकारी संस्थाले बालिघरे दलितका नाममा केही गर्न खोजे पनि पछि आङ्खनो फाइदाका लागि काम गर्न थालेपछि अभियान असफल भएको बताए । बालिघरे अभियानको काममा सबैको सहभागिता र एकता नहुँदा तथा बालिघरेलाई साथमा लिन नसक्दा विष्टहरूसमेत घटेको र आङ्खनो रोजीरोटीको सुरक्षाका लागि बालिघरेहरू विरोधमा देखिएको बताए ।
प्रतिक्रिया