खोजखबर

मन्त्री यादव अध्यक्षमा निर्वाचित

सौर्य अनलाइन २०६९ कार्तिक २३ गते ५:१५ मा प्रकाशित

वीरगञ्ज, २३ कात्तिक । मधेसी जनअधिकार फोरम गणतान्त्रिकले राजकिशोर यादवलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
वीरगञ्जमा बुधबार अबेर राति सम्म चलेको प्रथम महाधिवेशनको बन्द सत्रले ५७ सदस्यीय केन्द्रीय कार्य समिति पनि सर्वसम्मत चयन गरेको छ । नौ सदस्यीय अध्यक्ष मण्डलले प्रस्ताव गरेको कार्य समितिलाई बन्द सत्तले अनुमोदन गरेको थियो । महाधिवेशनले पार्टीको ३१ सदस्यीय कार्य समितिलाई बिस्तार गरेर ५७ सदस्यीय बनाएको छ ।
उपाध्यक्षमा सीताराम अग्रवाल, महासचिवमा शशिकपुर मियाँ र एकबाल अहमद शाह चयन भएको निर्वाचन मण्डलले जनाएको छ । सचिवमा हेमन्त शर्मा र कोषाध्यक्षमा सबिता यादव चयन भएकी छन् । सदस्यमा पर्साबाट राबडी देवी निर्वाचित भएकी छन् ।
पार्टीका संस्थापक अध्यक्ष जेपी गुप्ता भ्रष्टाचार अभियोगमा जेल परेपछि यादवले कार्यवाहक अध्यक्षको हैसियतमा नेतृत्व सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय