अयोग्य लडाकुले मागे ६ लाख

काठमाडौं, १५ कात्तिक । माओवादीका अयोग्य लडाकुहरुको संगठन वहिर्गमित जनमुक्ति सेना नेपालले सरकारद्वारा उपलब्ध गराउने भनिएको दुई लाख रुपियाँ रकम अप्रयाप्त रहेको भन्दै विरोध जनाएको छ ।
वहिर्गमित लडाकुका संयोजक सागर लिम्वुले आज विज्ञप्ति जारी गरेर सरकारले उपलब्ध गराउने भनेको आर्थिक सहायता रकमको विरोध गरेका हुन् ।
‘वार्ता, सम्बाद, सहमति र आर्थिक राहत कार्यक्रमको घोषणा यो सबै नेपाल सरकारको गम्भीर षड्यन्त्रभित्र रहेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘सरकारले अनैतिक र बेइमानीपूर्ण तरिकाले घोषणा गरिएको आर्थिक राहत कार्यक्रम अस्वीकार गर्छौं ।’
अयोग्य लडाकुहरुले न्यूनतम ६ लाख रुपियाँ रकम आर्थिक सहायता, अयोग्यको विल्ला हटाउनु पर्नेलगायतका पाँच बुँदे माग पुरा नभए सम्म आन्दोलन जारी रहने जनाएका छन् ।

प्रतिक्रिया