कुमारको प्रश्न सुष्माको उत्तर

कुमार : ठूलो पर्दामा अभिनय गर्दागर्दै एकाएक सानो पर्दामा छाउनुभयो नि, किन ?
सुष्मा : मलाई सानैदेखि सानो पर्दामा रुचि थियो । सानो पर्दामा पनि कमेडी गर्ने सोख थियो । हप्तैपिच्छे टेलिभिजनमा देखिन पाइने भएकाले यतातिर लागेकी हुँ ।
कुमार : सानो पर्दाको जोडीमा जिग्री हजुर कस्तो लाग्छ ?
सुष्मा : राम्रो लाग्छ । उहाँको व्यवहार र अभिनय सबै राम्रो छ ।
कुमार : तपाईंलाई मन पर्ने अभिनेत्री को हो नि ?
सुष्मा : सानैदेखि करिस्मा मानन्धर मन पर्छ । म उहाँको ब्यक्तित्व र अभिनयको फ्यान हुँ ।
कुमार : सुदर्शन थापासँगको तपार्इंको लामो प्रेम कसरी ब्रेकअप भएको ?
सुष्मा : यसबारे अहिले केही बोल्दिनँ ।
कुमार : सिस्नुपानीको सबैभन्दा मन पर्ने कलाकार को हो ?
सुष्मा : मेरो बुबाको भूमिकामा खेल्ने सिपी पुडासैनी ।
कुमार : तपाईंको नजरमा नेपालको सबैभन्दा सेक्सी नायक को हो ?
सुष्मा : मेरो बिचारमा नेपालमा त्यस्तो नायक कोही छैन । अभिनय गर्ने त छन् तर सेक्सी लुक भएका नायकको खडेरी नै छजस्तो लाग्छ ।
कुमार : सानो पर्दा र ठूलो पर्दामध्ये रोज्नुपर्दा प्राथमिकतामा कुन पर्छ ?
सुष्मा : मेरो नजरमा सानो पर्दा र ठुलो पर्दामा कुनै भेद छैन । यी दुवैमा आबश्यक अभिनय नै हो । दुवैमा अभिनय गरेकाले मलाई दुवै प्यारो लाग्छन् ।

प्रतिक्रिया