भैंसी र गोरुको आक्रमणबाट मृत्यु

रोल्पा, १४ कात्तिक । रोल्पाको राक–१, रातामाटामा दुई युवक मृत्त अवस्थामा फेला परेका छन् ।
स्काई टेलिफोनको टावरको २ तले घरमा राका–७ बस्ने १८ वर्षीय मानसिंह वली र १७ वर्षीय देवराज वली आज विहान करिव साढे आठ बजे मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घरको माथिल्लो तलामा सुतेका उनीहरुलाई उठाउने क्रममा हेर्दा मृत्त अवस्थामा भेटिएका थिए ।
उता, भैसीले कुल्चेर पर्साको सखुवा पर्सौनी–८ मा ६५ बर्षीया लखतिया खातुन मृत्यु भएको छ ।
उनलाई स्थानीय खेदाउ राउतको भैंसीले कुल्चीदा गम्भीर घाइते भएकी थिईन । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यता, सुनसरीको अमदुहा–१ स्थित शिव मन्दिरका पुजारी ६५ वर्षीय विन्देश्वर दासलाई गोरुले आक्रमण गर्दा मृत्यु भएको छ । आज विहान सात बजे साढे गोरुले लछारपछार गर्दा पुजारी दासको मन्दिर परिसरभित्र मृत्यु भएको हो ।

प्रतिक्रिया