मन्त्रीका बाबुआमा झण्डावाल गाडीमा

चौघेरा, ६ कात्तिक । दसैं मनाउन रोल्प जानु अघि अर्थमन्त्री समेत रहेका एमाओवादीका नेता बर्षमान पुनले आफ्ना बृद्धा बाबुआमालाई पुरानो गृह जिल्ला लगेका छन् ।
दाङ जिल्लको घोराही नगरपालिका–४, चौघेरा निवासी बाबुआमालाई पुनले झण्डावाल गाडीमा राखेर पुरानो गृह जिल्ला रोल्पा लगेको उनका आफन्तले जानकारी दिए ।
दलबलसहित आइतबार दिउँसो करिव एक बजे सरकारी झण्डावाल गाडीमा आएका मन्त्री पुनले बृद्ध बाबु आमालाई दसैं मनाउँन जाउँ भन्दै लगेको आफन्तको भनाई छ ।
चौघेरामा दुई कोठाको पक्की सानो घर बनाएर बसेका बृद्धबाबु आमाले सामान्य जीवन विताउँदै आएका छन् । उनीहरुले दुहुनो भैंसी समेत पालेका छन् । भैंसीको रेखदेख आफै गर्छन् ।
एमाओवादीले दसैंलाई खासै महत्व दिने नगरे पनि मन्त्री पुनले भने पहिलादेखि नै मनाउँदै आएकाले दसैं मनाउँन बाबुआमालाई रोल्पा लैजान लागेको गाउँलेलाई जानकारी गराए । उनले बाबुआमाको हातको टीका र आशीर्वाद लिने बताए ।
घरका जेठा छोरा मन्त्री पुन ललितपुर जिल्लामा आफ्ना परिवारसँग बस्दै आएका छन् । उनले बाबुआमालाई चौघेरामा दुई कट्ठा जग्गाकिनेर राखेका छन् ।  मन्त्री पुन चौघेरास्थित घरमा सुरक्षाकर्मी र गाडीको लस्करसहित आउँदा स्थानीय केही समय अलमलमा परेका थिए ।

प्रतिक्रिया