देउखुरीमा गोली चल्दा तीन घाईते

दाङ, ६ कात्तिक । दाङको देउखुरीस्थित गढवा–५, मनिकापुरमा युवाहरुको दुई समूहबीच बिबाद भई गोली चल्दा तीन जना घाईते भएका छन् ।
गोली लागेर गंगापरस्पुर– ८ निबासी १८ वर्षीय नारायण थापा, १९ वर्षीय वर्षात योगी र बुद्धिराम चौधरी घाईते भएका छन् । चौधरीको टाउको, योगीको खुट्टा र थापाको पेटमा गोली लागेको छ । घाइतेहरुको नेपालगञ्जमा उपचार भैरहेको छ ।
चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्था गढवाको असोज–२१ गते भएको निर्वाचनको बिषयलाई लिएर गढवा–२, गढवा निवासी खुमबहादुर कुँवर र सुरेश योगीबीच सामान्य विवाद पछि ३ राउण्ड गोली फायर भएको थियो ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले गगापरस्पुर गाविसको खडकपुर निवासी वीरेन्द्र चौधरी पक्राउ गरिएको ईलाका प्रहरी चौकी गढवाले जनाकारी दिएको छ । घटनाको मुख्य आरोपीका रुपमा चौधरी विरुद्ध ज्यान मुद्दा चलाईएको छ ।  तस्विर गुगल

प्रतिक्रिया