घरघरमा फूलपाती भित्राईयो

काठमाडौं ,५ कात्तिक । बडादसैँ अन्तर्गत सप्तमी तिथिमा आज नेपाली परम्पराअनुसार सामुहिक दशैं घर र घरघरमा फूलपाती भित्र्याइएको छ । दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ । भित्र्याउनुअघि  नेपाली सेनाले टुडिखेलमा फुलपाती बढाइँ  समेत गरेको थियो ।
 काठमाडौंको हनुमान ढोका दशै घरमा पनि धुमधामका साथ फूलपाती भित्र्याइयेा ।  यसरी भित्र्याइएको सो फूलपाती गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाडौँको जमलसम्म ल्याउने गरिन्छ ।

गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र सांस्कृतिक नांचगान सहितको लावालस्करले जमलमा ल्याइएको  फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्र्याइएको हो ।

घटस्थापनाका दिनदेखि नै दसैँ सुरु हुने भए पनि दसैँको विशेष चहलपहल भने फूलपातीका दिनदेखि घरघरमा सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू परिवारसँग बसेर दुर्गा भवानीको पूजा गर्न, आफ्ना मान्यजनबाट टीका थाप्न र आशिर्वाद लिन आ–आफ्ना घरघरम  जाने गर्दछन् ।

प्रतिक्रिया