कोही दस्ताबेज लेख्दै कोही पुस्तक पढ्दै

काठमाडौं, ५  कात्तिक । सधैँ राजनीतिक भेटघाट र छलफलमा व्यस्त रहने प्रमुख दलका शीर्ष नेताहरू दसैँमा फुर्सदिला भएका छन् । दसैँ आसपास राजनीतिक भेटघाट र छलफल पनि नभएकाले अधिकांश नेताले त दसैँको तयारीसमेत सुरु गरिसकेका छन् ।
शीर्ष नेताहरूको दसैँमा रमाउने आ–आºनै योजना छ । केही नेताले दसैँलाई पार्टीको दस्ताबेज लेख्ने, पुस्तक पढ्ने र परिवारसँग घुमफिर गरी मनाउने तयारी गरेका छन् भने केही घरमै परिवार र आफन्तसित रमाइलो गरेर मनाउँदै छन् ।

पूर्वप्रधानमन्त्री तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टीको आसन्न महाधिवेशनको दस्ताबेज लेखेर दसैँ बिताउने योजनामा छन् । यसका लागि उनी काठमाडौंबाट केही टाढाको ठाउँमा जाने दाहालका सहयोगी शिव खकुरेलले बताए । तर, कहाँ जाने भन्ने ठाउँको टुंगो भइसकेको छैन । यसअघि दसैँलाई धार्मिक पर्वका रूपमा नमनाई अध्यक्ष दाहाल राजधानीबाहिर गएर आराम गर्ने गर्थे । यसपटक उनलाई पितृशोक परेकाले दसैँमा टीका पनि लगाउने छैनन् । दाहालका पिता मुक्तिरामको यसै वर्ष निधन भएको थियो ।

एमाओवादी उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईको दसैँ योजना अलि फरक छ । उनले टीकाको दिन पशुपति वृद्धाश्रमका वृद्धवृद्धालाई भेट्ने र खानपिन गराउने कार्यक्रम बनाएका छन् । भट्टराईका सहयोगी प्रशान्त लामिछानेका अनुसार टीकाको दिनबाहेक अरू दिन प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा सहभागी हुने, पिङ खेल्ने र गृहजिल्ला गोरखा जानेलगायत कार्यक्रम पनि बनाएका छन् । अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मातृशोक परेकाले दसैँ मनाउने छैनन् ।
नेपाली कांग्रेसका सभापति सुशील कोइराला अघिल्ला वर्षभैँm यसपटकको दसैँ पनि नेपालगन्जमा मनाउँदै छन् । उनी शनिबार नेपालगन्जस्थित भाई विजय कोइरालाको घर पुगिसकेका छन् । दसैँमा उनले दिदी आभा शर्माको हातबाट टीका थाप्नेछन् । नेपालगन्जमै नजिकका केही आफन्तसितको भेटघाट र टीकोटालोपछि सभापति कोइराला ११ कात्तिकमा काठमाडांै फर्कने उनका स्वकीय सचिव लक्ष्मण ढकालले बताए ।
परिवारका ७ छोरामध्ये सभापति कोइराला जेठा हुन् । अविवाहित भएकाले उनी चाडबाड भाइकै घरमा मनाउँदै आएका छन् । नेपालगन्जमा रहँदा पार्टी कार्यकर्तासँग अनौपचारिक भेटघाट गरे पनि दसैँ अवधिभर उनले औपचारिक कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन् । ‘भाइको घरमा गएर सामान्य नेपालीकोझैँ दसँै मनाउनुहुन्छ, दिदीको हातबाट टीका लगाउनुहुन्छ,’ कोइरालाका स्वकीय सचिव ढकालले सौर्यसँग भने, ‘भाइ विजय कोइरालाको घरमा सात दिन बिताएर उहाँ ११ गते काठमाडौं फर्किनुहुन्छ ।’
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनालले दसैँमा दुईवटा पुस्तक पढिसक्ने योजना बनाएका छन् । लियो टोयल्सटयको ‘युद्ध र शान्ति’ र कर्ण शाक्यको ‘मोज’ पढी सिध्याउने योजना उनले बनाएका छन् । दसैँको टीकाका दिन डल्लुस्थित आºनै घरमा आउने आफन्त र पार्टी कार्यकर्तालाई खनालले टीका लगाइदिनेछन् । यसपटकको फूलपाती र अष्टमीका दिन अध्यक्ष खनाल चितवन, हेटौंडा हुँदै दामनसम्मको फेरो मारेर फर्कने योजनामा छन् ।
‘फूलपाती र अष्टमीका दिन परिवारका सदस्यसाथ चितवन, हेटौंडा हुँदै दामन निस्केर एक फन्को मारेर फर्कन्छु,’ अध्यक्ष खनालले सौर्यसँग भने, ‘दशमी र त्यसको पछिल्लो दिन गरी दुईदिन आफन्तहरूसँग टीका लगाउने कार्यक्रम हुन्छ ।’ मासुसँग जोडिएको पर्व भए पनि खनालको घरमा खसी भने काटिँदैन । ‘म त्यति मासु खान रुचाउँदिनँ, म्याडमले पनि मासु खाँदिनन्, छोराका लागि एक/दुई केजी मासु किनेर ल्याउनुपर्ला,’ उनले भने ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दसैँमा स–सानो खसी ढाल्ने भएका छन् । आफू माछामासु नखाने नेपालले घरमा आउने आफन्तका लागि १० देखि १२ किलोसम्मको खसी खोजिराखेका छन् । ‘खसी किनेको छैन, १० देखि १२ किलोसम्मको खसी किन्नुपर्ला,’ नेपालका सहयोगी नितेष पौडेलले सौर्यसँग भने । दसैँमा पनि छरछिमेक र पार्टी कार्यकर्तासँग वरिष्ठ नेता नेपालले भेटघाट जारी राख्नेछन् ।
टीकाका दिन पिता मंगलकुमार नेपालका हातबाट टीका लगाएपछि उनी आºना दुईजना भाइ, आºना र उनीहरूका परिवारलाई टीका लगाइदिन्छन् । नेपालको घरमा टीका लगाउन छिमेकी, पार्टी कार्यकर्ता र आफन्त गरी करिब चार सयजति आउने गरेका छन् । दसैँमा फुर्सदको समय उनी पनि किताब पढेर बिताउँछन् । दसैँमा उनको कतै पनि घुम्न जाने कार्यक्रम नभएको सहयोगी पौडेलले बताए ।
एमाओवादीबाट विभाजित भएर हालै गठन भएको नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको योजना पनि पुष्पकमल दाहालको जस्तै छ । माक्र्सवादी सौन्दर्य चिन्तकसमेत मानिने पुराना कम्युनिस्ट नेता वैद्यले लेखपढमै दसैँको फुर्सदिलो समयम सदुपयोग गर्ने भएका छन् । ‘केही छैन हेर्नुस्’, अध्यक्ष वैद्यले सौर्यसँग भने, ‘खाली पढ्ने/लेख्ने मात्रै हो । पार्टीको महाधिवेशनका लागि केही लेखिन्छ होला ।’
दसैँको खानपिनमा निकै सोखिन मानिने कांग्रेस वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको यसपटकको दसैँमा टीकोटिलो छैन । देउवाका बाबुको यसै वर्ष निधन भएको र वार्षिकी पूरा नभएकाले उनले दसैँ मनाउने छैनन् । पत्नी आरजु र छोरा जयवीरसहित उनको परिवारमा तीन सदस्य छन् ।
हरेक वर्ष दसैँमा देउवानिवास बूढानीलकण्ठमा घरमै खसी ल्याएर काटिन्थ्यो । यसपालि भने खसी नआउने भएको छ । उनले आºनै निवासमा केही कार्यकर्तासँगको भेटघाट गरेर दसैँको फुर्सदिलो समय सदुपयोग गर्ने भएका छन् । वरिष्ठ नेता देउवाका सहयोगी भानु देउवाका अनुसार दसैँको फुर्सदमा उनले न कतै घुमघाम गर्नेछन् न त कुनै पुस्तक पढ्ने योजना बनाएका छन् ।
अमेरिकामै बिरामी भएर उपचार गराइरहेका एमाले नेता केपी शर्मा ओलीले दसैँको नवमीसम्म काठमाडौं आइपुग्ने योजना बनाएका छन् । अस्पतालले डिस्चार्ज गरे नवमीका दिनसम्म काठमाडौं फर्केर टीकाको दिन बाबुका हातबाट टीका लगाउन झापा जाने उनको योजना छ । कोजाग्रत पूर्णिमाको अघिल्लो दिन झापामै कार्यकर्ता भेटघाट र चियापान कार्यक्रम उनले निर्धारण गरेका छन् ।
तर, स्वास्थ्यस्थितिका आधारमा कार्यक्रम प्रभावित हुन सक्ने ओलीका सहयोगी रमेश आचार्यले बताए । ओलीको घरमा परिवारका लागि नभए पनि सुरक्षाकर्मीका लागि भने दसैँमा छुट्टै खसी किन्ने गरिन्छ । ‘सुरक्षामा खटिएका सुरक्षाकर्मीका लागि त खसी किन्नैपर्छ तर अहिलेसम्म किनेको छैन,’ आचार्यले भने ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि वरिष्ठ नेता देउवाकै जस्तो यसपटक दसैँ मनाउने छैनन् । उनकी आमाको निधन भएको पनि वर्षदिन पुगेको छैन । त्यसैले पौडेलको घरमा टीकोटालो र काटमार केही हुनेछैन । दसैँमा कार्यकर्तासँगको भेटघाट र पार्टी संगठनको कामका लागि भन्दै पौडेल आºनो जन्मथलो तनहुँ जाने भएका छन् । उनका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार पौडेल अष्टमीका दिन पत्नी, छोरा र बुहारीका साथ जन्मथलो तनहुँको रिस्ती–२ जाँदै छन् । दुई–तीन दिन त्यहाँ बसेर उनी दशमीमा काठमाडौं फर्कने योजना छ ।
एमाले महासचिव ईश्वर पोखरेलले पनि दसैँ अवधि पुस्तक पढेर बिताउने योजना बनाएका छन् । साझा प्रकाशनले गरेको पुस्तक प्रदर्शनीबाट किनेर ल्याएका पुस्तक दसैँका बेला छानी–छानी पढ्ने उनको योजना छ । आफू मासु नखाने भएकाले पोखरेलको घरमा पनि दसैँमा खसी किनिँदैन । ‘मासु खाने कोही छैन, खसी किन्नुपर्ने त कुरै छैन,’ पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले सौर्यसँग भने । टीकाको दिन पोखरेलका घरमा दुई दिदी र भान्जाभान्जी आउँछन् टीका लगाउन । उनी आफन्त र पार्टी कार्यकर्तालाई टीका लगाइदिन्छन् ।
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेललाई मातृशोक परेको वर्षदिन नपुगेकाले यसपालि दसैँ हुने छैन । दसैँको समय बिताउन उनले कुनै योजना पनि बनाएका छैनन् । महासचिव रामबहादुर थापाले अरू बेलाझैँ दसैँमा पनि पार्टी काम र लेखपढ नै गर्नेछन् । माओवादी प्रवक्ता पम्फा भुसालको पनि दसैँको कुनै योजना बनेको छैन । ‘अरूबेला जस्तै खाने बस्ने मात्रै हो,’ उनले भनिन्, ‘आमा पनि आउनुभएको छ, उहाँसँगै बसिन्छ, अरू त्यस्तो दसैँ विशेष योजना छैन ।’

प्रतिक्रिया