दुवै विकल्प खुल्ला राख्ने निर्णय

काठमाडौ, कार्तिक ४ । सत्तारुढ दलहरुको गठवन्धन संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले राष्ट्रिय सहमतिका लागि संविधानसभाको नयाँ निर्वाचन वा पुर्नस्थापना दुवै विकल्पलाई खुला राख्ने निर्णय गरेको  छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार बसेको सरकारी गठबन्धनको बैठकले राष्ट्रिय सहमतिका लागि हदैसम्म लचकता अप्नाउने निर्णय गरेको छ ।
। अन्य पक्षलाई पनि लचकताका साथ प्रस्तुत हुनका लागि आग्रह  पनि गठवन्धनले गरेको छ । बैठक पछि गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले सहमतिका लागि निर्वाचन वा पुर्नस्थापना दुवै विकल्पलाई खुला राख्ने निर्णय भएको जानकारी दिएका छन् ।

उनले यसअघि तीन दलबीच भएका वार्ता तथा बैठकहरुको समिक्षा समेत भएको  र  बैठकमा सरकारको पुनर्रगठनका बारेमा पनि छलफल भएको जानकारी बैठक पछि सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

अब हुने छलफलमा जुन विषयमा सहमति हुन्छ त्यसमा छलफल चलाउन गठवन्धन तयार हालतमा रहने र वार्ताको जिम्मेवारी सरकारी गठबन्धनका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको पनि  प्रवक्ता सिंहले  जानकारी  दिए ।

गठबन्धनको आगामी बैठक दशैं लगतै कार्तिक १५ मा बस्ने र उक्त बैठकले गठवन्धनाका सदस्यहरूलाई राज्यको कुन निकायमा जिम्मेवारी दिने भन्ने वारेमा पनि निर्णय लीने समेत वताईको छ ।

प्रतिक्रिया