मन्त्रीलाई राजीनामा दिन निर्देशन

काठमाडौ, ४ कार्तिक । काम चलाउ सरकारका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मेनपाओर कम्पनी दर्ता गर्दा घुष मागेको आरोप लागेका आफना श्रममन्त्री कुमार वेलवासेलाई राजीनामा गर्न निर्देशन दिएका छन् ।
सरकारमा सम्लग्न पार्टी नेकपा मालेका अध्यक्ष सीपी मैनालीलाई पार्टीको तर्फवाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री वेलवासेलाई पिर्ता बोलाउन समेत आग्रह गरेका छन् । हिजो मात्र मन्त्री वेलवासेले मेनपाओर कम्पनी दर्ता गर्दा दुई लाख पचास हजार घुस मागेको भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीले राजिनामा दिन र पार्टीलाई फिर्ता बोलाउन आग्रह गर्ने निश्कर्षमा पुगेका हुन ।
नेकपा माले सरकारमा रहेर पनि एमाले–काग्रेसले तयर गरेको सरकार विरोधी गठवन्धनमा सम्लन रहंदै आएको छ ।

 

 

प्रतिक्रिया