दाङ, ३ कात्तिक । दाङको तुल्सीपुरमा रहेका अधिकांश पशु बधशाला र मासु पसलमा उपभोक्तालाई ठगी हुने गरेको अनुगमनबाट खुलेको छ ।
आज विहान तुल्सीपुरका विभिन्न बधशाल एवं मासु पसलमा गरिएको अनुगमनका क्रममा यस्तो फेला परेको हो । मापदण्ड विपरितका पशु बध गर्ने मासु व्यापारीलाई कारबाही गर्ने अनुगमन समितिले जनाएको छ ।
भेंडा र बाख्रीको बध गरेर खसीको मासु भन्दै गठी गरेर बिक्री गरेको अनुगमनका क्रममा फेला परेको तुल्सीपुर नगरपालिकाका कार्यकारी अधिकृत नोखिराम वलीले जानकारी दिए ।
वली नेतृत्वको टोलीले विहान चारै वजे पशुबधशाला र मासु पसलहरुमा अनुगमन गरेको थियो ।
पशु बधशालामा दैनिक दुई दर्जन बढि खसी काट्ने गरिए पनि केही मासु व्यवसायीले लुकिछिपी खसी भनेर भेंडा र बाख्रीको मासु विक्री गरी उपभोक्ता ठगी गर्ने गरेको वलीले बताए ।
तुल्सीपुर नगरक्षेत्रमा रहेका सात वटा खसी बधशाला, दुई वटा बाख्री बधशाला तथा ५ वटा राँगा बधशालामा अनुगमन गरिएको थियो । राँगाको मासु पसलमा पनि भैंसीको मासु बिक्री हुने गरेको वलीको भनाई छ ।
तुल्सीपुरमा बाख्री र भैंसीको मासु बिक्री गर्ने प्रावधान रहे पनि व्यापारीले मुनाफाको लोभमा खसी र राँगाको मासु भनेर उपभोक्तालाई ठगी गर्ने गरेका हुन् ।
प्रतिक्रिया