जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । बिहीबार र शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कार्यक्रमअन्तर्गत देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।
बालस्वास्थ्य महाशाखाका अनुसार देशभरका नगरपालिका तथा गाविसका हरेक वडामा तोकिएका खोप केन्द्रमा बालबालिकालाई महिला स्वास्थ्य स्वयंसेविकाले भिटामिन र जुकाको औषधि खुवाइरहेका छन् । भिटामिन ए को कमीका कारण लाग्ने रोगको रोकथामका लागि सरकारले ०५० सालदेखि नियमित रूपमा राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
भिटामिन ए को कमीले भविष्यमा बालबालिकालाई रतन्धो, कुपोषण, दीर्घकालीन झाडापखाला, दादुरालगायत रोग लाग्ने चिकित्सक बताउँछन् । सरकारले ६/६ महिनामा भिटामिन ए र जुकाको औषधि खुवाउँदै आइरहेको छ ।  (सौस)

प्रतिक्रिया