काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वार्षिक शुल्क भुक्तानी नगर्ने ३० सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र सूचीकरण विनियमावली ०५३ को दोस्रो संशोधनमा नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो तीन महिनामा वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
नेप्सेले गत १ असोजमा पत्रमार्फत सम्पूर्ण सूचीकृत कम्पनीलाई नवीकरण शुल्क तिर्न अनुरोध गरे पनि शुल्क नबुझाएकाले कारोबार स्थगित गरेको हो ।
नेप्सेले कारोबार स्थगित गरेका कतिपय कम्पनी अहिले अस्तित्वमा समेत छैनन् भने कुनै कम्पनीले भने सूचीकरण खारेज गर्न निवेदन दिएका कम्पनीसमेत छन् । नेपाल विकास बैंक, सम्झना फाइनान्सजस्ता कम्पनी खारेज भइसकेका छन् भने याक एन्ड यती होटलले सूचीकरण खारेज गर्न धेरै अगाडि नै नेप्सेमा निवेदन दिए पनि हालसम्म हटाइएको छैन ।
नेप्सेले कारोबार स्थगित गरेका कम्पनीमा नेपाल विद्युत् प्राधिकरण ऋणपत्र ०६९, ज्योति स्पिनिङ मिल्स, हरिसिद्धि इँटा तथा टाइल कारखाना, गोरखकाली रबर उद्योग, श्री भृकुटी पल्प एन्ड पेपपर लिमिटेड, नेपाल फिल्म डेभलपमेन्ट लिमिटेड, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल ट्रेडिङ लिमिटेड, सम्झना फाइनान्स लिमिटेड, पश्चिमाञ्चल फाइनान्स, क्यापिटल मर्चेन्ट बैकिङ एन्ड फाइनान्स लिमिटेड, स्वस्तिक मर्चेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स, गोर्खा डेभलपमेन्ट बैंक, पूर्वाञ्चल ग्रामीण विकास बंैक, बुटवल स्पिनिङ मिल्स लि, अरुण वनस्पति उद्योग, विराट सुरु लिमिटेड, फ्ल्यार हिमालयन लिमिटेड, नेपाल विटुमिन एन्ड ब्यारल उद्योग, याक एन्ड यती होटल्स लिमिटेड, नेपाल वेलफेयर कम्पनी लिमिटेड, एनबी इन्स्योरेन्स कम्पनी, जनरल फाइनान्स, पोखरा फाइनान्स, क्रिस्टल फाइनान्स, हिमालय फाइनान्स नेपाल विकास बैंक, विराटलक्ष्मी डेभलपमेन्ट बैंक र मध्यमाञ्चल ग्रामीण विकास बैंक रहेका छन् । (सौस)
प्रतिक्रिया