रोजगारीका नाममा ठगी गर्ने पक्राउ

काठमाडौं, १ कात्तिक । रोजगारीका लागि बिदेश पठाउने भन्दै ठगी गर्ने जुपिटर ओभरसिज प्रा.(लि) सिनामंगलका दुई जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको चमतीमा कोठा भाडामा लिएर खाडी मुलुक रोजगारीका लागि पठाउने भन्दै थुनेर राखेका १३ जना महिला र पुरुषलाई मंगलबार प्रहरीले उद्धार गरेको जनाएको छ । पक्राउ पर्नेमा अमरबहादुर डांगी र खगेन्द्र पाण्डे रहेका छन् ।
बैदेशिक रोजगारीका लागि खाडी मुलुकतर्फ पठाउने भनेर उनीहरुले ७ महिला र ६ जना पुरुषलाई कोठामा थुनेर राखेका थिए ।

प्रतिक्रिया