पोखरा मलको कमाउने धन्दा

पोखरा, २९ असोज । पोखराको पृथ्वीचोकस्थित पोखरा मलले सडक मापदण्डभित्रको जग्गामा समेत मासिक भाडा असुल गरिरहेको छ । व्यवसायी प्रयोजनका लागि निर्माण गरिएको पोखरा मल सञ्चालनको ठेक्का पाएको कम्पनी माछापुच्छ्ेर मेटल एन्ड मेसिनरी वक्र्सले भवनअगाडिको जग्गामा फुटपाथ व्यवसायीसँग मासिक भाडा असुल्दै आएको छ ।
फुटपाथ पसल सञ्चालकका अनुसार मलको ठेक्का पाएको माछापुच्छे वक्र्सले प्रत्येक व्यवसायीबाट अग्रिम तीन लाख र मासिक १५ हजारका दरले भाडा असुल गर्दै आएको छ । उनीहरूले सुरुमा एड्भान्स रकमको ५० प्रतिशत दिइसकेको बताएका छन् । सपिङ मलले आफ्नो भवनअगाडिको सडक मापदण्डभित्रको जमिनमा रहेका २० पसलसँग यस्तो सम्झौता गरिसकेको छ ।
पहिले सडक मापदण्ड मिचेर बनाइएका घरटहरामा भडा तिरेर बसेका व्यवसायी नै अहिले त्यसरी सडक मापदण्डको जग्गाको भाडा तिरेर बसेका हुन् । मलले उनीहरूसँग कर्मचारी गोकर्ण क्षेत्रीमार्फत पैसा असुल गरेको पैसा तिरेको भर्पाइ बिलमा उल्लेख छ । सडक मापदण्ड कायम गरी सडक फराकिलो बनाउनु पहिले नौ रोपनी रहेको सो मलको जग्गा मापदण्ड कायम भएपछि सात रोपनीमा सीमित भएको थियो । माछापुच्छ्ेर मेटलले सो मल ६ वर्षका लागि ठेक्का लिएको कम्पनीले बैंकलाई वार्षिक दुई करोड २७ लाख ५६ हजार ६ सय ५६ रुपियाँ भाडा तिर्ने गरी मल सञ्चालनको जिम्मा पाएको हो ।
पोखरा मल ३९ हजार स्क्वायर फिटमा बनेको भए पनि ठेकेदार कम्पनीका कार्यकारी अध्यक्ष विष्णु पाण्डेले २० जनासँग ९ रोपनी जग्गामै बनेको ढंगले रकम असुलेका छन् । मुख्य सञ्चालक पाण्डे भए पनि ध्रुव श्रेष्ठ र नन्दु तिवारीसमेतको सहकार्यमा सो मल लिइएको छ । पाण्डेसँग फुटपाथ व्यवसायीसँग भएको सम्झौताका विषयमा मलअगाडि बसेका फुटपाथ पसलेसँग रकम लिए/नलिएको आफूलाई जानकारी नभएको बताउँछन् ।
मल सञ्चालकमध्ये तिवारीले वैधानिकता र आधिकारिकताका साथ रुपियाँ उठाएको स्विकारे । उनले भने, ‘हामीले कर तिरेका छौँ, मापदण्डभित्रै स्टल बनाइदिने हाम्रो सर्त हो, प्राविधिक रूपमा ढिला भयो होला तर हामीले पोखरा मलका व्यवसायी युनियन भनेर गठन गरेको समितिसँगै सल्लाहबामोजिम काम गरेका छौँ ।’

प्रतिक्रिया